२३ भाद्र २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिका कुपोषित

कपिलवस्तुका वर्षौैंदेखि कुपोषणविरुद्धको कार्यक्रम सञ्चालन गरिए पनि कुपोषण्को दर भने घटन सकेको छैन। जिल्लामा सुआहारा कार्यक्रमअन्तर्गत जिल्लाका सबैजसो पालिकामा विगतमा कार्यक्रम सञ्चालन गरिएको र स्वास्थ्य कार्यालयको आयोजनामा एकीकृत पोषण कार्यक्रम सञ्चालन गरिए पनि पोषणका दर भने घट्न सकेको छैन। 

जिल्लामा कुपोषणको प्रमुख समस्या र चुनौतीका रूपमा देखा परेको छ। कालिका स्वावलम्बन सामाजिक केन्द्रले जिल्लाका ६ पालिकामा गरेको एक अध्ययनअनुसार कुपोषण समस्याका रूपमा देखा परेको हो। कपिलवस्तुको तौलिहवामा पोषणमार्फत जीवन रूपान्तरण परियोजनाको सिकाइ आदानप्रदान कार्यक्रममा परियोजनाका फिल्ड संयोजक सुदर्शन गौतमले प्रस्तुत गरेको प्रतिवेदनले सो कुरा देखाएको हो। 

सो प्रतिवेदनअनुसार ६ पालिकाका ६.७ प्रतिशत बच्चामा कुपोषण देखाइएको छ। ६ पालिकाका ६ महिनादेखि ५९ महिनासम्मका २८ हजार ८० बालबालिकामा स्क्रिनिङ गर्दा एक हजार ८८० बालबालिकामा कुपोषण देखाइएको हो। जसमध्ये १२५ बालबालिकामा कडा खालको र एक हजार ७५५ बालबालिका मध्यम खालको कुपोषण देखाइएको छ। 

सबैभन्दा बढी महाराजगंज नगरपालिकामा ८.६ र सबैभन्दा कम ३.२ प्रतिशत बालबालिकामा कुपोषण छ। विजयनगर गाउँपालिकामा आठ प्रतिशत, यशोधरा गाउँपालिकामा ७.८, मायादेवी गाउँपालिकामा ७.३ शुद्धोदन गाउँपालिकामा ५.९ प्रतिशत कुपोषण देखिएको छ। 

संयोजक गौतमअनुसार आफूहरूले कुपोषणविरुद्ध गाउँगाउँमा अभियान सञ्चालन गरिए पनि चेतनास्तर र अपनत्व ग्रहण नगर्दा समस्या आएको बताए। सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले कुपोषण जिल्लामै प्रमुख समस्याको रूपमा देखा परेको बताए। उनले कुपोषणकै कारण जिल्लाका धेरे बालबालिकामा समेत रक्त अल्पताको समस्या देखिएको बताए। 

उनले कुपोषणको अभियानसमेत त्यति सफल नभएको र आइरन चक्की वितरण कार्यक्रमसमेत खासै प्रभावकारी नभएकाले यस्तो समस्या देखिएको बताए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमखु बाबुराम आचार्यले कपिलवस्तु स्वास्थ्य क्षेत्रमा समेत निकै पछि परकामा चिन्ता व्यक्त गरे। उनले कुपोषणको अवस्थामा सुधार ल्याउन पालिकाले ठोस पहल गर्नुपर्ने र अभिभावलाई समेत सचेत गराउनुपर्ने बताए। 

कार्यक्रममा विजयनगर गाउँपालिकाप्रमुख गोपालबहादुर थापा र शुद्धोदन गाउँपालिका प्रमुख कमलेशशरण चौधरीले कुपोषणविरुद्ध प्रभावकारी रूपमा कार्यक्रम अघि लैजाने प्रतिबद्धता व्यक्त गरे। कुपोषणका रूपमा ख्याउटेन पन, कम तौल र पुड्के बालिका देखिएका छन्। 

प्रकाशित: २७ जेष्ठ २०८१ ०७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App