१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

जन अपेक्षाअनुसार सेवा दिन सकिएन: स्वास्थ्यमन्त्री

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षा अनुसार सेवा दिन नसकिएको बताएका छन्।

भरतपुर अस्पतालको आज निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन्। 

उनले भने ‘जनताले अपेक्षा गरेको आवश्यकता अनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ।’ स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मवारी रहेको उनले बताए।

जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको सुनाए।

भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए।

अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराएका थिए।

प्रकाशित: २५ चैत्र २०८० १५:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App