१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पातारासीकाे ५ नं वडाले सञ्चालनमा ल्यायाे एम्बुलेन्स

आफ्ना नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यसहित जुम्लाको पातारासी गाउँपालिका– ५ ले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ। कुल २८ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको वडाध्यक्ष दत्तबहादुर बुढाले बताए।

उनका अनुसार वडाका तर्फबाट १६ लाख ५० हजार, अध्यक्ष कोषबाट २ लाख ५० हजार, उपाध्यक्ष कोषबाट ४ लाख र गाउँपालिकाका तर्फबाट ५ लाख गरी २८ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरिएको हो। एम्बुलेन्स सेवा सुत्केरी, गर्भवती र आकस्मिक बिरामीले पाउने छन्।

गाउँपालिकाभित्रका मात्र होइन, छिमेकी पालिकाका बिरामीलाई समेत एम्बुलेन्स सेवा प्राप्त हुने वडाध्यक्ष बुढाले विश्वास गरे। आकस्मिक बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान सजिलो होस् भन्ने वडाको उद्देश्य रहेको छ। स्वास्थ्य संस्था टाढा भएकाले एम्बुलेन्सले नागरिकको स्वास्थ्य पहुँचमा वृद्धि गर्ने विश्वास लिइएको छ।

वडाध्यक्षका अनुसार एम्बुलेन्स नहुँदा कतिपय बिरामी घरमै बस्ने गरेका छन्। पातारासीमा ७ वटा वडामध्ये ५ वडाले एम्बुलेन्स खरिद गरेको हो।

यता पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाले एम्बुलेन्स सेवा आवश्यक रहेको बताए। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नागररिकलाई सेवा दिनु राम्रो पक्ष भएको बताउँछन्। उनी भन्छन्– वडा १, २ र ३ का लागि एउटा, वडा ४ र ५ का लागि एउटा र वडा ६ र ७ का लागि एउटा एम्बुलेन्स चाहिन्छ। एम्बुलेन्समा जिपिएस जडित छ।

प्रकाशित: ५ चैत्र २०८० ११:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App