१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

संरचनाले मात्रै अस्पताल नचल्ने स्वास्थ्यमन्त्री खनालको भनाइ

लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले जथाभावी भौतिक संरचना निर्माण हुँदा गुणस्तरीय स्वास्थ्य सेवा ओझेलमा परेको बताएका छन्।

भूमिकास्थान ९ मा ढिकुरा बिपी स्मृति भवनको शिलान्यास गर्दै मन्त्री खनालले भने, ‘भौतिक पाटोमा जोड गरेको देखिन्छ। वास्तवमा गुणस्तर स्वास्थ्य सेवा भौतिक संरचनाहरुको थिचोमिचोमा परेको छ।’

मन्त्री खनालले पालिका स्तरमा अस्पतालका नाममा भवन ठड्याइएको तर त्यसको उपयोगितामा प्रश्नचिह्न खडा भएको उनले बताए। भौतिक संरचनालाई प्राथमिकतामा राखेर अन्य पाटो नजरअन्दाज गर्दा समस्या भएको उनको भनाइ छ।  

लुम्बिनी प्रदेशभर १०५ जना विशेषज्ञ चिकित्सकहरुको दरबन्दी खाली रहेको भन्दै मन्त्री खनालले जिल्ला अस्पतालमा समेत डाक्टरहरुको अभाव रहेको बताए।  ‘डाक्टरहरु जान नमान्दा प्रदेशका अस्पतालहरुमा सयौं दरबन्दी खाली छन्, ‘उनले भने, ‘पहाडी जिल्लाका सदरमुकाममा समेत जान अटेरी गर्ने डाक्टरहरु पालिकाहरुमा गएर बस्दैनन्।’

संघीय सरकारको सोच राम्रो भए पनि अस्पतालहरु संरचनाले मात्र नचल्ने उनले बताए। सेवाको गुणस्तर नभएसम्म अस्पताल चल्न नसक्ने उनको भनाइ छ।

प्रकाशित: ४ चैत्र २०८० १०:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App