२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

के एडिएचडीले मान्छेलाई खान्की खोज्न सघाएको हो त ?

यस्तो पनि !

एक अध्ययनले शिकारी युगमा मानव जातिलाई खान्की खोज्न सहयोग गर्ने अर्को एउटा पाटोतर्फ ध्यानाकर्षण गरेको छ। अटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिस्अर्डर (एडिएचडी) रोगका कारण मानव जातिले फरक खान्कीको प्रयोग गरेको हो कि भन्ने विषय अध्ययनयोग्य रहेको बताएको छ।

एडिएचडी रोग लागेका मानिसमा ध्यान केन्द्रित गर्ने क्षमता हुँदैन। के कारणले यस्तो हुन्छ भन्ने तथ्य अझै प्रकाशमा नआए पनि परिवारमा कसैलाई एडिएचडी छ भने उनीहरूले विकल्पका रूपमा धेरै कुराहरू राख्ने गरेको देखिएको छ। ‘यो रोगको शुरुवात कसरी भयो भन्ने अझै प्रस्ट हुन सकेको छैन,’ आइआइटी कानपुर, भारतका प्राध्यापक अर्जुन रामकृष्णन् न्यु साइन्टिस्ट  म्यागेजिनसँग भन्छन्, ‘यो रोग कतै शिकारी युगकै निरन्तरता त हैन ?’

प्रयोगका रूपमा अमेरिकाका प्राध्यापक डेभिड बाराकसँग रामकृष्णन्ले मिलेर ५०७ मानिस जना भेला पारे। तीमध्ये केही एडिएचडीका रोगी पनि थिए। तिनलाई उनीहरूले कम्प्युटरमा एउटा खेल खेलाए। कम्प्युटरमा खाना खोज्ने खेलका लागि जम्मा आठ मिनेट दिइएको थियो। छोटो अवधिमा एडिएचडी भएकाहरू खाना खोज्न बढी सफल भएका थिए। उनीहरूले ६०२ वटा बाधा पूरा गरी खाना खोजेका थिए भने एडिएचडी नभएकाले ५२१ वटा मात्र बाधा पूरा गरी खाना खोजेका थिए।

‘यो अध्ययनले हामीलाई के निष्कर्षमा पुग्न मद्दत गर्‍यो भने शिकारी युगमा एडिएचडी रोगले कतै क्रमविकासमा सहयोग पो गर्‍यो कि ?’ रामकृष्णन्को तर्क छ, ‘कतिपय अवस्थामा अति खाना जुटाउने कार्यका लागि एडिएचडीजस्ता रोग सहयोेगी बन्न पुग्छ। जस्तो कि, तपाईं भोलि कुनै परिक्षा दिँदै हुनुहुन्छ। अधैर्य मानिसले एकै पटक दुई चार वटा स्रोत हेर्न थाल्छ र तीमध्ये कुनै काम लाग्ने फेला पार्छ। धैर्यवान् बिस्तारै हतार नगरी एउटा सकिएपछि मात्र अर्को विकल्पमा जान्छ। यस्तोमा अधैर्य परिक्षार्थीले बढी राम्रो चिज फेला पार्न सक्छ।’

जुन बेला मानव जाति खान्कीका विविध पक्ष खोजिरहेको थियो, त्यो बेला कुनै एडिएचडी रोग भएको व्यक्तिले नयाँ नयाँ खान्कीमा परिक्षण गरेको हुनसक्छ। त्यो बेलादेखि नै यो रोगबाट ग्रसितबाट यो फाइदा मानव जातिले लिएको हुनसक्ने रामकृष्णन्को तर्क छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २० फाल्गुन २०८० ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App