२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

अन्त्य हुँदै कपाल झर्ने समस्या

यस्तो पनि !

फाइल तस्बिर

कपाल झर्नुका विविध कारण हुन्छन्। तीमध्ये एउटा अटोइम्युन प्रणालीका कारणले पनि हुन्छ। खासमा एलोपेसिया एरियाटा रोग भएका मानिसहरूमा कपाल चाँडै झर्ने हुन्छ।

यस्तो समस्या भएकाहरूले कपाललाई दुस्मनको रूपमा लिन्छन् र अटोइम्युन सिस्टमले आक्रमण गर्न थाल्छन्। जसका कारण समयअगावै मान्छे चिण्डे हुन पुग्छ।

यस्तो समस्याका लागि एउटा उपचार तयार भएको र बेलायतले यसमा परीक्षण गरिरहेको छ। यो औषधी यतिबेला चक्की औषधीका रूपमा प्रयोगमा ल्याइँदैछ।

जसमा तालुचिण्डेहरूले रिटलेक्सिटिनिब नामक ट्याबलेट खान दिइन्छ। यो औषधीले तालुमा रहेका जुन इन्जाइमका कारणले कपाल झर्ने गर्ने गर्छ, त्यसलाई कम गर्ने गर्छ।

त्यसो त शुरुमा यो औषधी सन् २०२३ को सेप्टेम्बरमा जारी गरिँदा स्वास्थ्य मन्त्रालयले परीक्षणका लागि अस्वीकार गरेको थियो। पछि बेलायती स्वास्थ्य मन्त्रालयले थप जानकारी माग्न थालेपछि मात्र उपलब्ध प्राविधिक जानकारीपछि यसलाई व्यापक प्रयोगका लागि स्वीकृति दिएको थियो।

प्रकाशित: १७ फाल्गुन २०८० ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App