१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. बसौला बर्खास्त

सरकारले स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गरेको छ। माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले बसौलालाई हटाउने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सर्वाेच्च अदालतको आदेशविपरीत स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक बसौलालाई हटाउन २४ पुसमा मन्त्रिपरिषदम्मा सिफारिस गरेका थिए। यसअघि नै मन्त्री बस्नेतले निलम्बन गरेका बसौलालाई सर्वोच्च अदालतले पुस दोस्रो साता अन्तरिम आदेश जारी गरी पुनस्र्थापना गरेको थियो। बसौलालाई माघ ९ गतेको मन्त्रिपरिषद् बैठकले हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन  

पोखरेलले बताए।  

कार्यभार सम्हालेको नौ वर्षसम्म बिमा बोर्डमा राम्रोसँग काम नगरेको, बिमालाई गति दिन नसकेको, सेवा प्रदायकलाई दुःख दिएको, नीतिनियमअनुसार काम नगरेकोलगायत आरोपमा हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनलाई मन्त्रिपरिषद्ले पटक–पटक स्पष्टीकरण सोधेको, यसअघि निलम्बन गरेको र तीनवटै स्पष्टीकरणमा चित्तबुझ्दो उत्तर नआएपछि बर्खास्त गरेको प्रवक्ता बुधाथोकीले बताए।  

निर्देशक बसौलाले भने मन्त्रिपरिषद्को निर्णयबारे आफूलाई जानकारी नभएको र आफू बोर्डकै लागि स्थलगत कार्यमा पुगी फर्केको बताए। ‘म प्रदेश २ र १ को स्थलगत काममा पुगेर फर्केको छु,’ उनले भने । मन्त्रिपरिषद् निर्णय अदालतको निर्णयविपरीत भएको उनको दाबी छ। अदालतले अन्तरिम आदेश मात्र जारी गरेको र मुद्दाको अन्तिम पेसी आगामी वैशाखमा मात्र रहेको बताए। आफू लोकसेवा आयोगको प्रक्रियाबाट नियुक्ति भएकाले नियमविपरीत हटाउन नमिल्ने उनको दाबी छ। ‘अन्तिम फैसलाअघि हटाउन मिल्छ जस्तो लाग्दैन,’ उनले भने।

प्रकाशित: १७ माघ २०८० ०२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App