१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सरकारले १ देखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरुमा नर्सिङ अध्यापन गराउने

फाइल तस्बिर

सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरुमा नर्सिङ अध्यापन गराउने भएको छ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन्।

सचिव पोखरेलले १ सयदेखि ३ सय वेडसम्मका सरकारी अस्पतालहरुमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे। उनले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरुमा राज्यले दाहित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए। उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताए। उनले ३ सय शैय्याका अस्पतालहरुका एमबीबीएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे। उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताए। उनले दुई तहलाई दुई वटा अस्पताल दिनसक्ने अवस्था नभएको बताए।

१५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरुमा एमबीबीएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ। स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै  नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पारे। उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रिय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए।  

प्रकाशित: ८ माघ २०८० ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App