३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन हुन्छः मुख्यमन्त्री कार्की

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी अस्पतालले सुरु गरेको नयाँ एमआरआई सेवा र नयाँ भवनको उद्घाटन गर्दै मुख्यमन्त्री केदार कार्कीका साथमा अस्पतालका पदाधिकारी । तस्बिरः चुमन/नागरिक

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारले बजेटमा घोषणा गरेको १० वर्षमूनिका बालबालिकाको निःशुल्क उपचार कार्यान्वयन गरेरै छाड्ने बताएका छन् ।  

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशलिटी अस्पताल (न्यूरो अस्पताल)ले सुरु गरेको नयाँ एमआरआइ सेवा र नयाँ भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बालबालिकाको निःशुल्क उपचार घोषणा कार्यान्वयन गरेरै छाड्ने बताएका हुन्।उनले भने, ‘निःशुल्क उपचार घोषणामा मात्रै सीमित हुँदैन।कार्यान्वयनका लागि प्रदेश सरकारले काम अघि बढाइसकेका छौं।’ 

प्रदेश सरकार स्वास्थ्य र शिक्षाको क्षेत्रमा नयाँ तरिकाबाट अघि बढेको बताउँदै, मुख्यमन्त्री कार्कीले भने, ‘कोसी प्रदेश सरकार सहज रुपमा जनतालाई सेवा उपलब्ध गराउन अघि बढी सकेको छ।सरकारको नीति नियममा रहेर निजी अस्पताल काम गरे डराउनु पर्ने छैन।नियम विपरित कोही जान्छभने सरकारले त्यस्तालाई कारबाहीको दायरमा ल्याएर कानुन बमोजिम गर्न पछि हट्दैन।नाफा मुखीभन्दा पनि सेवा मुखी हुन आग्रह गर्दछु।’

विराटनगरको न्यूरो अस्पतालले अत्याधुनिक एमआरआई मेसिनसहित नयाँ ६ तले भवनमा बिहीबारदेखि सेवा सुरु गरेको छ।बिरामीलाई सुपरस्पेसियालिटी सेवा प्रदान गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न एमआरआई मेसिनसहित नयाँ भवनबाट सेवा सुरु गरेको अस्पतालका अध्यक्ष डाक्टर वीरेन्द्रकुमार विष्टले जानकारी दिए।

बिरामीहरुको आवश्यकता अनुसार परिवर्तन हुँदै गइरहेको अवस्थामा एउटा अग्रणी स्वास्थ्य संस्थाको रुपमा सेवा सुविधाहरु समय सापेक्ष रुपमा परिष्कृत गर्दै लाने उद्देश्यले अत्याधुनिक मेसिन र नयाँ सुविधा सम्पन्न भवनसहित सेवाहरु बिस्तार गरेको बताउँदै, अध्यक्ष डाक्टर विष्टले भने, ‘अस्पतालले १५ करोड लागतमा नयाँ १ दशमलब ५ टेसलाको एमआरआई मेसिनको सेवा सुरु गरेको छ।अल्ट्रासाउण्ड पनि नयाँ ल्याएका छौं । अस्पतालले २ वटा एमआरआई मेसिनबाट बिरामीलाई सेवा प्रदान गर्ने छ।’

२३ वर्षअघि  १० शैड्ढयाको न्यूरोलोजी सेवाबाट अस्पताल सञ्चालन गरेको बताउँदै, अध्यक्ष डाक्टर विष्टले भने, ‘अस्पतालले हाल १ सय ५० शैड्ढयाको बहुआयामिक अस्पतालको रुपमा विकसित गरेको छ।विराटनगरले स्वास्थ्य क्षेत्रमा ठूलो फड्को मार्दै मेडिकल हबको रुपमा स्थापित गरेको छ।विशेषज्ञ डाक्टरहरुका साथै अत्याधुनिक उपकरणबाट स्वास्थ्य परीक्षण भइरहेको छ।’

प्रकाशित: २१ मंसिर २०८० १४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App