१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

दबाबबाट हटाइएका वीरका निर्देशक पौडेल सर्वोच्च पुगे

वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पद खोसिएपछि कानुनी उपचारका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा निर्देशक पौडेललाई मंसिर १५ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको थियो। 

उनलाई पत्र पठाए लगत्तै वीर अस्पतालमा निमित्त निर्देशकको रुपमा श्रवण कुमार थापालाई जिम्मेवारी दिइएको छ। डा सन्तोष पौडेलले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेसी भोलिको लागि तोकिएको छ।

डा पौडेललाई मन्त्रालयले राजनीतिक दल र जनसङ्गठनमा आवद्ध भएको पत्रहरू सहित मन्त्रालयमा  हाजिर गर्न बोलाइएको जनाएको छ।पौडेललाई २०७९ फागुनमा दुई वर्षे कार्यकालको लागि वीर अस्पतालको  निर्देशक पदमा  राष्ट्रिय चिकित्सा परिषद्ले नियुक्ति दिएको थियो।

राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा जागेश्वर पौडेलले विना कारण स्पष्टीकरणको मौका नदिई पदबाट  हटाइएको कारण डा सन्तोष पौडेलले कानुनी उपचार खोज्नु परेको बताए।

प्रकाशित: २० मंसिर २०८० ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App