१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

पाटनमा चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

नेपाल चिकित्सक संघले पाटन अस्पतालमा कुटपिटमा संलग्नमाथि कारबाहीको माग गरेको छ।

कात्तिक १८ गते ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै संघले उनीहरुमाथि कारबाहीको माग गरेको हो।

डिउटीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिने यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमै गम्भीर असर पर्ने संघले उल्लेख गरेको छ।

शनिवार दिउँसो पाटन अस्पतालमा उपचार गराइरहेका ओखलढुङ्गाकी ८६ वर्षीय जनामायाँ राई र ललितपुरका ६८ वर्षीय कृष्णा नगरकोटीको मृत्यु भएको थियो।

दुवै बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै मृत्यु भएको भन्दै बिरामीका आफन्त आक्रोशित भएका थिए।

प्रकाशित: २० कार्तिक २०८० ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App