२२ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ट्रमा सेन्टरमा आएका मध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने

राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ।

ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिव चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए।

हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ। उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शैय्या सञ्चालनमा रहेको जानकारी दिए। डा.रिजालले सेवा प्रवाहलाई चुुस्त दुरुस्त बनाउन जनशक्ती अभाव भएको बताए। झन्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको उनले बताए।

दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए। अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन्। अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको जानकारी दिए। आफू वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेको उनको भनाइ छ। अहिले अस्पतालबाट अनलाईन टिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको उनले बताए।

डा.रिजालले भने, ‘आइसीयु  बेड १० वटा भएकोमा १ थप गरी ११ वटा आइसीयु बेड र ८ वटा एचडीयु बेड थप गरी १९ वटा बेडहरु आइसीयु बराबरको सेवा सञ्चालन भइरहेको छ। वार्डहरुको स्तरोन्नती गर्नेतर्फ लागिरहेका छौँ। अहिले तीन ठाउँमा फार्मेसी सञ्चालनमा छन्। अहिले लगभग सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको छ। फार्मेसीको पनि स्तरोन्नती गरिरहेका छौँ। ट्रमा भएर आइसकेपछि रेनर फेलरतर्फ जान थाल्यो भने केही बिरामीलाई डायलायसिस गर्नुपर्ने हुन्छ, आइसीयुमै हुँदा अप्रेसन गर्नुभन्दा अगाडी। त्यस्तोको लागि इमरजेन्सीको लागि आइसीयुमा एउटा बेडमा एउटा डायलायसिस मेसिन जोड्दैछाँै। ट्रमा सेन्टरमा दैनिक साढे तीन सय जना ओपीडीमा बिरामीहरु आउनुहुन्छ। इमरजेन्सीमा एक सयदेखि एक सय ५० जना आउनुहुन्छ। लगभग चार सय ५० देखि पाँच सय बिरामीहरु हेरिरहेका छौँ। बिरामीको लोड बढेको कारणले अहिले २१८ बेड सञ्चालन गरिरहेका छाँै। र, त्यसो गर्दैगर्दा ट्रमामा आएकामध्ये ८० प्रतिशतलाई अप्रेसन गर्नुपर्ने हुन्छ। त्यसको लागि हामी कहाँ पोष्टप बेडको पनि समस्या छ। अहिले एक दिनमा रेगुलर ओटी भन्छौँ, इमरजेन्सी र नाइटको इएचएस हुन्छ। त्यो गर्दाखेरी २५ देखि ३० जनाको अप्रेसन हुन्छ दिनमा। त्यो गर्दै गर्दा पोष्टप बेड सात वटा छ। त्यो हुनाले हामीलाई कन्स्टेन्ट छ हामिलाई। त्यसको लागि एक्सपान्सन गर्नुपर्ने हुन्छ। त्यो सँगसँगै आइसीयु र एचडीयु पनि एक्सपान्सन गर्नुपर्नेछ। दरबन्दीको कुरा गर्दा सरकारी दरबन्दीले नपुगेर यहीँको आन्तरिक स्रोतबाट कर्मचारी राखेर काम गर्नुपर्नेछ। दरबन्दी त अपुग छँदैछ। त्यसको लागि हामीले कुरा गरिरहेका छौँ। ओएनएम सर्वे गरेर आवश्यक दरबन्दी नेपाल सरकारले नै दिनुपर्छ। अहिले हामी ६ सय जना कर्मचारी छौँ। तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी छ भने अरु आउट सोर्सिङ गर्ने स्टाफ र आन्तरिक स्रोतबाट हो। जनशक्ति बढ्यो भने सेवा प्रवाहमा थप वृद्धि गर्नपनि सहज हुन्छ। हामीले मन्त्रालयसँग कुरा गरिरहेका छाैं। मन्त्रालय यसमा पोजेटिभ नै छ।’

प्रकाशित: १० कार्तिक २०८० ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App