१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

कान्ति बाल अस्पतालमा बर्न आइसियु स्थापना

कान्ति बाल अस्पतालमा बर्न आइसियु स्थापना गरिएको छ। मंगलबार अस्पतालमा बर्न आइसियु स्थापना गरिएको हो। 

बर्न आइसियुलाई आवश्यक पर्ने सामग्री भने बर्न क्षेत्रमा काम गर्दै आइरहेको गैरसरकारी संस्था विभिएस नेपालले गरेको छ।

संस्थाले दुई वटा आइसियु बेड र दुई वटा एचडियु बेड लगाएत वर्न आइसियुलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु हस्तान्तरण गरेको छ। मंगलबार सामग्री हस्तान्तरण गर्दै संस्थाकी कार्यकारी निर्देशक प्रतीक्षा गिरीले यो सहयोगले जलनमा परेका बालबालिकाहरूले थोरै भएपनि राहत पाउने विश्वास रहेको बताइन्।

उनले विभिएस नेपालले विगतदेखि यस्ता सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताइन्।

कान्ति बाल अस्पतालका निर्देशक डा. पकज रायले यो सहयोगले आफूहरू काम गर्न उत्साहित भएको बताए। उनले विगत देखिको सहयोग सह्रानीय रहेको बताउँदै आगामी दिनमा पनि सहयोगको लागि आग्रह गरे।

उक्त सामग्रीको व्यवस्थापन भने अस्पतालले गर्ने छ। 

प्रकाशित: ३० आश्विन २०८० १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App