१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

चिकित्सकभन्दा पहिले स्मार्टफोनले रोग पत्ता लगाउने

यस्तो पनि !

स्मार्टफोनले मान्छेमा पन्पिरहेको डिमेन्सिया (स्मृतिगुम्ने) रोगलाई चिकित्सकले पत्ता लगाउनुअघि नै पत्ता लगाइसक्ने अध्येताहरूले बताएका छन् । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को तीव्र विकासका कारण यस्तो सम्भव भएको अध्येताहरूको भनाइ छ ।

अक्सफोर्ड विश्वविद्यालयका कम्प्युटर साइन्सका प्राध्यापक माइकल वुल्ड्रिजले प्रविधिमा आएका पछिल्ला परिवर्तनहरूले यस्तो सम्भावना निकट भविष्यमै देखिने बताएका छन् । पछिल्लो समय एआईमाथि विविध शंकाका कुरा आउन थालेपछि आफू यसको सदुपयोगका बारेमा निकै सकारात्मक रहेको बताउँदै उनले एआईले नयाँ नयाँ प्रविधि र विधामा नयाँ नयाँ फड्को मारिरहेको र कालान्तरमा यसले मानव जातिलाई फाइदा नै पु¥याउने बताएका छन् । उनले ‘द टाइम्स पत्रिका’ले आयोजना गरेको लिट्रेचर फेस्टिभलमा सो कुरा बताएका हुन् ।

ती नयाँ विधामध्ये डिमेन्सियाबाट पीडित रोगीहरूलाई चिकित्सकले भन्दा पहिले नै मोबाइलको सहयोगले रोगका बारेमा जानकारी भइसक्ने र उसले चिकित्सकीय सहयोगका लागि रोगीलाई अस्पतालसम्म पुग्न प्रेरित गर्ने काममा उपयोग गर्न अक्सफोर्डले काम गरिरहेको जानकारीसमेत दिए ।

अहिलेलाई यो प्रविधि निकै सुस्त गतिमा अगाडि बढिरहेको भए पनि केही वर्षपछि यसले स्वास्थ्यका क्षेत्रमा नयाँ क्रान्ति ल्याउने विश्वास उनले लिएका छन् । तर कहिलेकाहीँ एआई समेत ह्याक हुने सम्भावना भएकाले त्यसले ल्याउने खतराका बारेमा भने पहिल्यै सचेत हुनुपर्ने सुझाव पनि उनको छ ।

प्रकाशित: २९ आश्विन २०८० ०१:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App