१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

डाक्टरहरुको नारा: ‘डराएको स्वास्थ्यकर्मीले काम गर्न सक्दैन’

‘डाक्टर कुट्न पाइँदैन, डराएको स्वास्थ्यकर्मीले काम गर्न सक्दैन’ भन्ने नाराका साथ चकित्सकमाथिको कुटपिटविरुद्ध वीरगन्जमा डाक्टरहरुले विरोध प्रदर्शन गरेका छन्। 

देशभरमा भइरहेको चिकित्सकमाथि कुटपिटविरुद्धमा देशव्यापी आन्दोलनको समर्थनमा चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन्। 

राष्ट्रिय आवासीय चिकित्सक संघ महाराजगन्जको आव्हानमा चिकित्सकहरुले वीरगन्जको घण्टाघर विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले अस्पतालमा काम गर्ने वातावरण बनाउन माग गरेका छन्।

चिकित्सकहरुले अस्पताल परिसरमै चिकित्सकहरु असुरक्षित भएको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा समेत माग गरेका छन्।

पछिल्लो समय काठमाडौँ लगायत चितवन, हेटौँडा, पोखरा, लमजुङस्थित अस्पतालहरुमा भइरहेको चिकित्सकमाथिको कुटपिट विरुद्ध वीरगन्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गरेका हुन्। दोषीलाई कारबाही नभएसम्म मेडिकल कलेजका आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प पारिने बताइएकाे छ।

प्रदर्शन पश्चात् चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन्।

प्रकाशित: १० आश्विन २०८० ०९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App