१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

हेटौँडामा चिकित्सकमाथि कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ

हेटौँडामा चिकित्सकलाई कुटपिट गर्ने घटनामा संलग्नमध्य थप एकजना पक्राउ परेका छन्।

नेपाल चकित्सक सङ्घ र सरकारबीच भएको वार्तामा चिकित्सक कुटपिट घटनामा संलग्न थप ५ जनालाई पक्राउ पुर्जी जारी गर्नेसहित भएको ६ बुँदे सहमति अनुसर ती मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनिल पाख्रिन रहेका छन्।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन अनुसार कारबाही गर्ने सहमति भएपछि प्रहरीले कारबाही अगाडी बढाएको हो।

उक्त घटनामा संलग्न ४ जना यसअघि नै पक्राउ परिसकेका छन् भने पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो। चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतवार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारयले अतिरिक्त सचिव डा. विकास देवकोटाको नेतृत्वमा वार्ता टोली गठन गरी ६ बुँदे सहमति गरेको थियो।

प्रकाशित: ४ आश्विन २०८० ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App