१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

८ अर्ब पाउन्डको महिनावारी!

यस्तो पनि!

वेल बिइङ अफ विमेन च्यारिटीले तीन हजार बेलायती महिलामाझ गरेको सर्भेअनुसार महिनावारी बेला कुनै औषधोपचार गरिँदैन। महिलाले उपचार खोज्दैनन् पनि। उनीहरूलाई साह्रै गाह्रो हुँदा जब सहयोग खोज्छन्, चिकित्सकहरूले यसलाई सामान्य पीडाका रूपमा लिने गरेका छन्। महिनावारी कसैकसैलाई अत्यधिक पीडा हुने गर्छ। कतिपयलाई अत्यधिक रक्तश्राव हुने गर्छ भने केहीको महिनावारी ढिलो वा चाँडो हुने भइरहन्छ। कतिलाई त सो अवधिमा साह्रै पेट दुख्ने र अन्य पीडा हुने गर्छ। जसका कारण मानसिक स्वास्थ्यमा समस्यासमेत देखापर्ने गरेको अध्ययनले भनेको छ।

१६ देखि ४० वर्ष उमेर समूहलाई महिनावारी अवधिमा पीडा हुनेमा ९६ प्रतिशत भए पनि अत्यधिक पीडा हुनेको प्रतिशत ५९ रहेको छ। १० मध्ये ९ जना (९१ प्रतिशत)ले रक्तश्राव बढी हुने गरेको र ४९ प्रतिशतले त रक्तश्रावको अवस्था चिन्ताजनक तरिकाको हुने गरेको बताएका छन्। यस किसिमको अत्यधिक पीडा, अत्यधिक महिनावारी श्राव तथा अनियमित महिनावारी धर्म संसारभरिका महिलामा देखिने साझा समस्या हो।

चिकित्सकीय भाषामा भन्दा इन्डोमेट्रिओसिस, एडेनोमिओसिस, फाइब्रोइड्स र पोलिसिस्टिक ओभरी सिन्ड्रोममा चिकित्सकीय उपचार आवश्यक पर्छ। तर सर्भेमा भाग लिएका ५१ प्रतिशत महिलाहरूले भने चिकित्सकहरूले यसलाई गम्भीर किसिमको समस्या नमान्ने गरेको गुनासो गरे। त्यस्तै चिकित्सकहरूले यस्ता समस्या हुँदा १० मध्ये नौ घटनामा कुनै पनि किसिमको सही सूचना दिँदैनन्।

यस्तोमा महिलाहरूले सही किसिमको उपचार, भावनात्मक सहयोग र स्याहार नपाउने र सहयोगको अभावमा धेरै महिलाले स्कुल–कलेज छाड्ने, काममा नजाने गरेको पनि पाइयो। महिनावारी एउटा सामान्य शारीरिक प्रक्रिया भएकाले यही कारणले पढाइ छुट्नु तथा कामबाट बिदा लिनु नपर्ने हो तर साथ, सहयोग, भावना नबुझ्ने सहकर्मी, साथीसंगातिका कारण मानसिक रूपमा नै विक्षिप्त हुनुपर्ने अवस्था सिर्जना भएको वेल बिइङ अफ विमेनको निष्कर्ष छ। त्यसैले उसले जस्ट अ पिरियड अभियानसमेत शुरु गरेको छ।

लामो समयदेखि स्वास्थ्य क्षेत्रले महिलाहरूको यो समस्यामा मेडिकल पूर्वाग्रह, उपेक्षा तथा पीडा भोगिरहेका छन्। यस्तोमा विज्ञहरूले उच्च गुणस्तरको ‘गाइने’ सूचना दिनुपर्ने बताउँछन्। त्यसको अभावमा बेलायती १५ लाख महिलाले अकल्पनीय पीडा भोगिरहेका छन् भने उनीहरूका कारण वार्षिक रूपमा ८ अर्ब २० करोड पाउन्डको क्षति बेहोरिरहेका छन् भन्ने अध्ययनको निष्कर्ष छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ३१ भाद्र २०८० ००:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App