१७ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

‘भूगोल सबै विद्यार्थीहरुको मातृ विधा’

त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले अहमदावाद विश्वविद्यालय र युनिर्भसिटी कलेज लण्डनका प्राध्यापक र विद्यार्थीहरुसँग अन्तर्क्रिया तथा ज्ञान आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ।

उक्त कार्यक्रममा अहमदावाद विश्वविद्यालयका प्रविधि संकायका डीन प्रा.डा. अन्जना व्यास, युनिभर्सिटी कलेज लण्डनका ट्रान्सपोर्ट प्लानिङ एण्ड हाउजिङ प्रोग्राम डाइरेक्टर एसोसीएट प्राध्यापक इक्वाल हमिदुदिन लगायत त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरु, अहमदावाद आर्किटेकका विद्यार्थीहरु, भूगोल केन्द्रीय विभागका विद्यार्थीहरु र अनुसन्धानकर्ताहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै प्राध्यापक डा. व्यासले भने, ‘भूगोल सबै विद्यार्थीहरुको पनि मातृ विधा हो। भूगोल बहु आयमिक विधा भएकाले योजना विकास क्षेत्रीय योजनाहरु निमार्ण, आर्किटेक लगायतका क्षेत्रहरुमा भौगोलिक ज्ञानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ।’ उनले काठमाडौँमा बढ्दो सहरीकरण र पेरिफेरिमा यसका असरहरुका बारेमा अनुसन्धान कार्यक्रम सञ्चालनका लागि भूगोल केन्द्रीय विभागसँग सहकार्यको आशय व्यक्त गरे।

उक्त क्रायक्रममा भूगोल केन्द्रीय विभागीय प्रमुख प्रा.डा. उमेशकुमार मण्डलले भने, ‘योजना विकास निमार्णमा भूगोल केन्द्रीय विभागले विगतदेखि नै महत्त्पूर्ण भूमिका निर्बाह गर्दै आएको छ। भूगोल विभागले थुप्रै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँगको समन्वय र सहयोगमा अनुसन्धान कार्यक्रमहरु सञ्चालन गरेको छ।’ 

साथै उनले आउँदा दिनहरुमा पनि अनुसन्धानात्मक कार्यक्रम र विद्यार्थी एक्सचेन्ज र ज्ञानको आदनप्रदान गर्ने कुरामा भूगोल केन्द्रीय विभाग सधै अग्रसर रहिरने कुरा व्यक्त गरे।

कार्यक्रममा युनिर्भसिटी कलेज अफ लण्डनका सह-प्राध्यापक इक्वाल हमीदुदिनले “पेरि अर्बन क्षेत्रको पहुँच गतिशीलता र सामाजिक जोखिमबारे एसिया क्षेत्रको तुलनात्मक अध्ययन” बारेमा आफ्नो प्रस्तुती दिएका थिए।

त्यस्तै, भूगोल केन्द्रीय विभागका सह प्रा.डा, शोभा श्रेष्ठले “टेरिटोरिएल डाइनामिक अफ स्पासल ग्रोथ इन काठमाडौँ भ्यालीः अन्डरस्टान्डिङ दि जियोग्राफिक नोसन अफ अर्बन सस्टेनएबिलिटी” विषयमा आफ्नो प्रस्तुति दिएकी थिइन्।

उक्त कार्यक्रममा भूगोल केन्द्रीय विभागका विद्यार्थीहरु र अहमदावाद विश्वविद्यालय आर्किटेक्टका विद्यार्थीहरुले एक आपसमा अनुभव र ज्ञान आदनप्रदान गरेका थिए।

प्रकाशित: ३० भाद्र २०८० १३:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App