१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

डाक्टर कुटपिट घटनामा अनुसन्धान गर्न तीन दिन म्याद थप

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टर कुटपिट घटनाका आरोपितलाई अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ। डाक्टर कुटपिट घटनामा पक्राउ परेका चारजनालाई थप अनुसन्धानका लागि अदालतले तीन दिनको म्याद दिएको हो। प्रहरीले उनीहरूलाई बिहीबार पक्राउ गरेको थियो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले डाक्टर कुटपिटको घटनामा पक्राउ परेका चारजनालाई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरले तीन दिनको म्याद थप गरेको जानकारी दिए।

घटनामा संलग्न भएकाहरूलाई सिसिटिभी फुटेजका आधारमा पक्राउ गरिएको हो। घटनामा संलग्न अन्यको खोजी भइरहेको र केही फरार रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिसँग बयान लिने काम भइरहेको प्रवक्ता भण्डारीले बताए। प्रहरीले घटनामा संलग्न भएको भन्दै रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानलाई पक्राउ गरेको थियो। सञ्चो अस्पतालमा कार्यरत रहेको अवस्थामा हेटौंडा पदमपोखरीको एउटा समूहले बुधबार डा. विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरेको थियो।

गत साउन २५ मा डेंगी संक्रमणबाट मृत्यु भएका हेटौंडा १२ का ४० वर्षीय राजेश प्रधानको विषयलाई लिएर डाक्टरमाथि हातपात भएको हो। डाक्टरको लापबाहीका कारण मृत्यु भएको भन्दै उनका परिवारले दुईजना डाक्टरलाई हातपात गरी घाइते बनाएका हुन्। प्रधानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यसअघि उनी हेटौंडा १ स्थित सञ्चो अस्पतालमा उपचारार्थ भर्ना भएका थिए। घरमा आराम गर्न गएका प्रधानलाई थप समस्या भएपछि भरतपुर लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो। नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै दुईजनाविरुद्ध किटानी जाहेरी दिएका छन्। साथै उनले सिसिटिभी फुटेजमा देखिएका सबैलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।

७८ जना डाक्टरले गरे सामूहिक राजीनामा

हेटौंडास्थित सञ्चो अस्पतालमा कार्यरत सबै डाक्टरले सामूहिक राजीनामा दिएका छन्। आफ्ना सहकर्मीमाथि आक्रमण एवं कुटपिट गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने र सुरक्षित तवरले काम गर्ने वातावरण बनाउनुपर्ने मागसहित अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई राजीनामा बुझाएका हुन्। पीडित परिवारका सदस्यहरूलाई मात्र नभई कुटपिट घटनामा संलग्न अन्य सबैलाई पक्राउ गर्नुपर्ने डाक्टरको माग छ। डाक्टरलाई कुटपिट गर्ने युवाहरूले प्रहरीकै अगाडि अन्य डाक्टरको ज्यानसमेत लिने भन्दै धम्क्याएपछि उनीहरू थप आन्दोलित बनेका हुन्। मकवानपुर प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न चासो नदिएपछि चौतर्फी आलोचना भएको थियो। सर्वत्र विरोधपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। घटनामा संंलग्न अन्य व्यक्ति फरार छन्।

आकस्मिकबाहेकका सेवा बन्द

डाक्टर कुटपिटको विषयलाई लिएर मकवानपुरमा सञ्चालित निजी तथा सरकारी स्वास्थ्य संस्थाका आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ। शुक्रबारदेखि मकवानपुरका सबै स्वास्थ्य संस्थाको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको हो। डाक्टर कुटपिट घटनामा संलग्न सबैलाई पक्राउ नगरेसम्म आकस्मिकबाहेक सबै सेवा ठप्प गर्ने हेटौंडा अस्पतालका डा. हरिबहादुर खड्काले बताए। हेटौंडा अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामीले सेवा लिँदै आएका छन्। ‘काम गर्ने वातावरण नभएपछि बिरामीको सेवा गर्नुको औचित्य छैन। हाम्रा सहकर्मीमाथि गरिएको आक्रमण र कुटपिट खेदजन्य छ’, डा. खड्काले भने, ‘ त्रासमा बसेर काम गर्न सकिन्न। घटनामा संलग्न सबैमाथि  

प्रकाशित: ३० भाद्र २०८० ०१:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App