१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

सात वर्षिया बालिकाको मृत्युपछि गुल्मी अस्पतालमा तनाव

सामान्य पेट दुखेर अस्पताल भर्ना भएकी ७ वर्षिया बालिकाको मृत्यु भएपछि गुल्मी अस्पतालमा तनाव उत्पन्न भएको छ।  

बालिकाको मृत्यु पछि आफन्तले अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै शव उठाउन नमानेपछि तनावको अवस्था उत्पन्न भएको हो। आफन्तहरूले प्रदर्शन गरेपछि अस्पतालमा अहिले तनावग्रस्त स्थिति छ।  

सोमवार दिउँसो सामान्य पेट दुखेर अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७, काउलेका राजेश मरासिनीले आफ्नी ७ वर्षिया छोरी प्रशंसालाई गुल्मी अस्पतालमा भर्ना गराएका थिए। उपचारको क्रममा अस्पतालमै बच्चाले बान्ता गरेपछि उनलाई भर्ना गरिएको थियो।  

अर्घाखाँची–७, भगवतीका मेघराज पाण्डेका अनुसार उनको स्वास्थ्य अवस्था सुधारोन्मुख थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएका बेला उठाएर सुई मार्फत औषधि दिइएको थियो। त्यसपछि उनी बेहोस भईन्। सुई लगाएपछि बेहोस भएकी प्रशंसा फेरी ब्युझिन सकिनन ।  

बालिका बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरेपनि  नर्सहरूले समयमै डाक्टर नबोलाउँदा घटना घटेको आफन्तजनको आरोप छ। सामान्य पेट दुखेको बच्चा अस्पताल लगेपछि स्वास्थ्य अवस्था सुधारात्मक रहेका बेला लाहापरवाहीले गर्दा सुई लगाएको केही समयमै बच्चाको ज्यान गएको उनिहरूले आरोप लगाएर नाराबाजी गरिरहेका छन्।

अस्पतालले लाहावपरवाही गरेको भन्दै बिरामीका आफन्तले शव उठाएका छैनन्। अस्पताल प्रशासन र मृतकका आफन्तबिच भएको छलफल सकारात्मक नभएपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता बस्ने तयारी भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा गएर छानबिन समितीको माग गर्ने उनले बताए।

मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गरेर तोडफोडमा उत्रेपछि झडपको स्थिती बनेको छ। अहिले अस्पताल परिसरमा आवतजावत बन्द गरिएको छ भने बाक्लो रुपमा प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: १२ भाद्र २०८० ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App