१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

आकस्मिक सेवा निःशुल्क सञ्चालन गर्न वीर अस्पतालमै छैन पर्याप्त बजेट

वीर अस्पतालले निकट भविष्यमा नै अप्रेसनमा पालो कुर्नुपर्ने बाध्यतालाई समाधान गर्ने भएको छ।

वीर अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अप्रेसनमा महिनौदेखि पालो कुनुपर्ने बाध्यतालाई हटाउन अस्पताल लागि परेको बताए। उनले त्यसका लागि अस्पतालको क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयास गरीरहेको र करारमा जनशक्ती थप्ने योजना रहेको बताए।

अप्रेसनको पालो कुर्नुपर्ने लगायतका समस्या सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा सञ्चालनका लागि समिति गठन भएको थियो। समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्नसक्ने विषयलाई लिएर तयार पारेको प्रतिवेदन अस्पतालले प्राप्त गरिसकेको छ। डा.पौडेलले ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ती अभावका कारणले सेवा शुरु गर्न नसकेकिएको बताए।

उनले अप्रेसन गर्नुपर्ने जटिल बिरामीलाई पालो कुर्नु नपर्ने गरी वीर अस्पतालले कार्ययोजना बनाइरहेको बताए। उनले आकस्मिक सेवाका लागि अहिले पनि एउटै बेडमा दुई÷तीन जना बिरामीलाई सेवा दिनुपर्र्ने बाध्यता रहेको बताए। आकस्मिक सेवामा गम्भिर बिरामी र सामान्य प्रकृृतिका बिरामीको प्राथमिकिकरण गर्न थालिएको भन्दै जति नै बिरामी थपिएपनि आकस्मिक सेवामा जटिल प्रकृतिका बिरामीलाई आकस्मिक कक्षको छुट्टै क्षेत्रमा सेवा दिएको उनले बताए। उनले अप्रेसन कक्षलाई सदैव चलायमान बनाउने गरी लागेको बताए।

डा.पौडेलले भने, ‘हाम्रो प्राथमिकता भनेको अप्रेसन सेवामा लामो समयसम्म पालो कुनुपर्ने बाध्यता छ, त्यसलाई बिस्तारै हटाउँदैछौं। हाम्रो क्षमतामा रहेका अप्रेसन थे्रटरहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत छौँ। अप्रेसन कोठाहरुलाई त सबै घण्टा चलायमान राख्नुप¥यो नि त। हरेक दिन हरेक सेवाको अप्रेसन सेवा सञ्चालन गर्नेगरी हामी अगाडी बढेका छौँ। त्यो चाहीँ फुल फङ्सनमा गइसकेको छैन। त्यसको पार्सियल्ली काम भइसक्यो। केही डिपार्टमेण्टहरु जस्तैः नाक, कान, घाँटीको हरेक दिन अप्रेसन शुरु गरीसक्यौँ। ग्याष्ट्रोसर्जरी र युरोलोजीमा केही जनशक्ती अभावका कारणले सेवा शुरु गर्न सकेका छैनौँ। बर्न सेन्टरको शुरुवात गर्र्न खोज्दैछौँ। त्यसको बारेमा पनि यथेष्ट काम अघि बढेका छन्। अघिल्लो आर्थिक वर्षमा बजेट पाउन सकेनौँ। र,अहिले यो वर्ष वर्न सेन्टर सञ्चालनको लागि बजेट पाएका छौँ। त्यहाँ चाहिने अत्यावश्यक औजार मेसिनहरु र भौतिक पुनःसंरचना गर्नुपर्नेछ। त्यसको लागि अहिले योजनामा छौँ। अप्रेसनको लागि पालो कुर्नुपर्ने समस्या लगायत सम्बोधन हुनेगरी बिस्तारित अस्पताल सेवा समिति बताएर मन्त्रालयले तय गरेका कार्र्यविधि निर्देशिका र अस्पतालले गर्र्न सक्ने कुरालाई लिएर डकुमेण्ट समितिबाट प्राप्त भएको छ। हामीले सबै ठाउँमा विस्तारीत अस्पताल सेवा लागू गर्दैनौँ। जुन जुन ठाउँमा वा विषयमा बिरामीको चाप छ। त्यो विषयको बिस्तारित अस्पताल सेवा सञ्चालन गर्ने र धेरैभन्दा धेरै नागरिकलाई सेवा दिने भन्ने उद्देश्यले सेवा शुरु गर्ने भन्ने सोचाईमा छौँ। अप्रेसन सेवालाई व्यवस्थित गर्न एउटा सेवा अवधि समय बढाउने, हरेक दिन हरेक विषयका अप्रेसन सञ्चालन गर्ने, जटील र यथाशिघ्र अप्रेसन गर्नुपर्ने बिरामीलाई थप प्राथमिकिकरण गरेर चाँडो पालोमा लैजाने भन्ने सोचमा छौँ।’

प्रकाशित: ४ भाद्र २०८० ०५:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App