केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली सर्टिफिकेटधारी थप एक जना डाक्टरलाई मोरङबाट पक्राउ गरेको छ।
सीआईबीले मनित चौधरीलाई शुक्रबार बिहान पक्राउ गरेको हो। मनितले प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर डाक्टर बनेको सीआइबीले जनाएको छ। उनी फार्मेसी खाेलेर त्यसैमा आफ्नाे क्लिनक संचालन गर्दै आएका थिए।
यसअघि बिहीबार र शुक्रबार राति गरी नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध चलाएको अपरेसनमा एक सांसद्सहित ६ जना चिकित्सकलाई पक्राउ गरिएको थियो।
उनीहरू सबै नक्कली शैक्षिक प्रमाणपत्रहरूको अनुसन्धान गर्न सञ्चालन गरेको ‘चार्ली फोक्टर’ अन्तर्गत पक्राउ परेका हुन्। नक्कली डाक्टर र नक्कली शैक्षिक प्रमाणपत्रधारी खोज्न सिआइबीले अपरेसन ‘चार्ली फोक्टर’सञ्चालन गरेको छ।
यो पनि पढ्नुहोस्
नक्कली सर्टिफिकेट प्रकरणमा इशान हस्पिटलकी डाक्टर श्रद्धा शिल्पकार पक्राउ
यो पनि पढ्नुहोस्
‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘चार्ली फोक्टर’मा पक्राउ
प्रकाशित: २६ श्रावण २०८० ०३:४३ शुक्रबार