१५ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

ज्यानमारा अस्पतालको बिगबिगी

पाठेघरमा घाउ भएपछि उपचारका लागि साउन ३ गते (बुधबार) जनकपुरस्थित सुरक्षा अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगरपालिका–१५ कपलेश्वरकी ३५ वर्षीया सोनिया साह सुरक्षित घर फर्कन सकिनन्। उनी उपचारकै क्रममा सुरक्षा अस्पतालमा जेठ ५ गते (शुक्रबार) प्राण त्याग गरिन्।

मृतकका भाइ उदयकुमार साहका अनुसार बुधबार शल्यक्रिया गरिएको थियो। शल्यक्रिया असफलजस्तो भएपछि चिकित्सकहरू आत्तिएर तुरुन्तै टाँका लगाएका थिए। शुक्रबार दिउँसो २ बजेतिर शौचालय गएका बेला सोनिया अचानक बेहोस भएकी थिइन्। केहीबेरमै चिकित्सक तथा स्वास्थ्यकर्मीले एम्बुलेन्समा राखेर अन्यन्त्र लग्ने प्रयासमा थिए। आफन्तजनले रोकेर गुहार  माग्न थालेपछि स्थानीयहरू जम्मा भएका थिए।

‘हामीलाई नसोधी डाक्टर नर्सहरूले आफैं एम्बुलेन्समा राखेर उपचारका लागि ग्दै छौं भन्यो। ‘हामीले मान्छे बोलाएर रोकायौं। हेरेपछि दिदीको मृत्यु भइसकेको थियो,’ उदयले भने, ‘लगतै डाक्टरले पुलिस बोलाएर अस्पताल बन्द गरेर भागे। दिदीको अप्रेसनमा लापर्बाही गर्दा नै मृत्यु भएको उदयको भनाइ छ। डा. सरोज ठाकुरले सञ्चालन गरेको सुरक्षा अस्पतालमा सोनियाको शव गेटमै राखेर आफन्तजनले प्रदर्शन गरेका थिए। सुरक्षाकर्मीले चिकित्सकहरूलाई सुरक्षित स्थानमा पुर्‍याएर बिरामीहरूलाई अन्यत्र अस्पतालमा सारेका थिए।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा बग्रेल्ती खुलेका मापदण्ड विपरीतका अवैध अस्पतालमा स्वास्थ्य सुरक्षाका लागि पुग्ने बिरामीहरू प्राण हरण भएका उदाहरण प्रशस्त छन्।

मृतकका जेठाजु रमेश साहले भने, ‘हामीलाई जानकारी नगराई डाक्टर नर्सहरूले आफैं एम्बुलेन्समा राखेर लग्दै गर्दा रोकाएर हेरेपछि बुहारीको मृत्यु भइसकेको थियो।’ उनले भने, ‘बुहारीको अप्रेसनमा चिकित्सकको लापर्बाहीले गर्दा नै मृत्यु भएको हो। घटनाको छानबिन गरी लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्न सरकारसँग माग गर्छु,’ उनले भने, ‘नाम सुरक्षा काम ज्यानमारा अस्पताल बन्द हुनुपर्छ।’

मधेस प्रदेशको राजधानी जनकपुरधाममा बग्रेल्ती खुलेका मापदण्ड विपरीतका अवैध अस्पतालमा स्वास्थ्य सुरक्षाका लागि पुग्ने बिरामीहरू प्राण हरण भएका उदाहरण प्रशस्त छन्।

पुस १२ गते पाठेघरको उपचार गराउन जनकपुरस्थित समर हस्पिटलमा भर्ना भएकी सबैला नगरपालिका १३ पर्साहीकी ममता कापर (३५) फर्केर घर आइनन्। छोरा रूपेशसँग मोटरसाइकलमा पाठेघरको उपचार गराउन पुगेकी ममता पुस १३ गते अस्पतालमै प्राण त्यागिन्।

चिकित्सकले शल्यक्रिया गरेर पाठेघर हटाए पीडाबाट मुक्ति पाउने सल्लाह दिएपछि उनी राजी भएकी थिइन। चिन्ता लिनुपर्दैन सामान्य अप्रेसन गरेर पाठेघर झिकिदिन्छौं भनेपछि उनमा आँट आएको रूपेश बताउँछन्। ममतासँग उनकी दिदी शोभा पनि अस्पताल आएकी थिइन्।

भर्ना भएको राति १० बजे शल्यक्रिया गर्न वार्डबाट अपरेसन थिएटर लगिएको ममताकी दिदी शोभाले बताइन्। अपरेसन गरेर पोस्टअपरेटिभ वार्डमा पुर्‍याउँदासमेत ममता पीडाले छट्पटाइरहेको शोभाले बताइन्। ‘पीडाले छटपटाइरहेकी ममतालाई हेर्न कुनै डाक्टर आएनन्,’ शोभाले भनिन्, ‘नर्स आएर दुई वटा सुई घोचिदिइन्। त्यसपछि ममता उठ्दै उठिनन्।’

ममताको मुखबाट पानीजस्तो तरल पदार्थ बगेको देखेर जिउ समातेर हल्लाउँदै बोलाउँदा समेत शरीरमा कुनै हलचल नदेखेपछि उनी चिच्याउँदै डाक्टर बोलाउन पुगिन्। डाक्टर आएपछि ममताको छातिमा जोरजोरले थिच्दासमेत कुनै हलचल देखिएन। त्यतिबेलै शोभा रुनकराउन थालिन्।

‘आइसियुमा लगेको केहीबेरपछि यहाँ उपचार सम्भव छैन। धरान लग्नुपर्छ भनेर हतारहतार एम्बुलेन्समा राख्न खोज्यो। डाक्टरले सबै खर्च हामीले दिन्छौं, तपाईंहरू एम्बुलेन्समा बसेर धरान जानूस् भन्दा ममताका आफन्त गएनन्। मुर्दा बोकेर हामी जाँदैनौं भन्दै उनीहरू न्यायका लागि गुहार माग्दै अस्पतालमै बसेका थिए।

प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव उनको मृत्युको कारण बन्यो। उनी दोस्रोपटक सुत्केरी हुँदै थिइन्।

विद्याका श्रीमान् दिलीपका अनुसार विद्यालाई ३१ पोका रगत चढाउँदा पनि स्वास्थ्य अवस्थामा सुधार आएन, झन् बिग्रिँदै गयो। चिकित्सकले पाठेघर फाटेकाले रक्तस्राव भएको र त्यसलाई रोक्न पाठेघर नै काटेर हटाइदिएको दिलीपलाई बताएका थिए। तर पाठेघरमा जोडिएका नसा फाटेर अवस्था झन् बिग्रिँदै गयो। विद्याको अवस्था देखेर आफन्त ललितले भदौ २५ गते काठमाडौंबाट हेलिकप्टर मगाइदिए र मेडिसिटी अस्पतालमा भर्ना गराइदिए।

ममताको मुखबाट पानीजस्तो तरल पदार्थ बगेको देखेर जिउ समातेर हल्लाउँदै बोलाउँदा समेत शरीरमा कुनै हलचल नदेखेपछि उनी चिच्याउँदै डाक्टर बोलाउन पुगिन्। डाक्टर आएपछि ममताको छातिमा जोरजोरले थिच्दासमेत कुनै हलचल देखिएन। त्यतिबेलै शोभा रुनकराउन थालिन्।

मेडिसिटीले जति प्रयास गर्दा पनि विद्याको अवस्थामा सुधार आएन। मेडिसिटीले पहिला जहाँ उपचार गरिएको थियो, त्यहीं लानुस् भनेपछि उनलाई असोज १५ गते पुनः नैना अस्पतालमै ल्याइयो। त्यही दिन विद्याको प्राण गयो। त्यसअघि भदौ १६ गते सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ त्रिभुवननगरका रविन्द्र साहकी पत्नी चञ्चला देवीका दुई दिने शिशुको पनि नैना अस्पतालमा ज्यान गुमेको थियो।

यी घटना भइरहँदा यो अस्पताल बिनादर्ता मधेस प्रदेशको राजधानी जनकपुरधामको रमानन्द चोकमा सञ्चालन हुँदै आएको थियो। अस्पतालको दर्ता, नवीकरण, अनुगमन र कारबाहीको अधिकार राख्ने मधेस प्रदेशको सामाजिक विकास मन्त्रालय र मातहतको प्रदेश स्वास्थ्य निर्देशनालय सो अस्पतालबारे अनभिज्ञ थिएन। तर, कसैले कारबाही गर्ने हिम्मत गरेनन्।

यी घटना मधेस सरकारको मुख्यालय जनकपुरधामकै भए पनि अनुसन्धान तथा कारबाही हुन सकेको छैन। यसले मधेस सरकार आमजनको सुरक्षाप्रति कति गम्भीर छ भन्ने प्रस्ट भएको यहाँका बुद्धिजीवी बताउँछन्।

मानिसको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै स्वास्थ्य हो। तर, मधेस प्रदेशमा सञ्चालित निजी अस्पतालमा पटकपटक बिरामीको ज्यानसँग खेलबाड हुँदा पनि सरकार निरीह दर्शक बनेको छ। सरकारले कुनै कारबाही नगरेपछि यहाँ गलत गर्नेहरूको मनोबल बढ्दै गएको छ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादवले भने, ‘शुक्रबार सुरक्षा अस्पतालमा भएको घटना जानकारी पाएको छु तर यस अस्पतालको स्ट्याटसबारे (दर्ता छ/छैन) थाहा छैन। हामीले साउन मसान्तसम्म यस प्रदेशका सबै निजी स्वास्थ्य संस्थालाई सूचीकृत हुन भनेका छौं। सूचीकृत भइसकेपछि थाहा हुन्छ कति दर्ता छन् कति बिनादर्ता सञ्चालित छन्,’ उनले भने।

स्वास्थ्य महाशाखाका प्रमुख डा. मुक्तिनारायण साहले पनि उक्त अस्पतालबारे अनभिज्ञता प्रकट गरे। ‘यो अस्पतालका विषयमा मलाई केही थाहा छैन,’ उनले भने। उल्लिखित घटना जनकपुरधामको भए पनि मधेस प्रदेशभर स्वास्थ्य सेवामा बेथिति मौलाएको छ।

मधेस प्रदेशमा स्वास्थ्य सेवा बेलगाम हुँदा फस्टाएको दण्डहीनताले सर्वसाधारण बिरामीको जीवनलाई मूल्यहीन बनाउँदै छ। चार वर्षअघि नै जिल्ला स्वास्थ्य कार्यालयको रेकर्डअनुसार कानुनतः खारेज भइसकेको १५ बेडको कामना नर्सिङ होमले सोही अवस्थामा सामाजिक विकास मन्त्रालयबाट (हाल स्वास्थ्य मन्त्रालय) २०७९ कात्तिक ५ गतेसम्मको ५० बेडको नवीकरण स्वीकृति पायो। मापदण्ड र नियम मिचेर ५० शय्याको अस्पताल सञ्चालनका लागि नवीकरण गरिदिएको कामना नर्सिङ होम लहान नगरपालिका–३ मा सञ्चालनमा छ। यो अस्पतालको सञ्चालनदेखि स्तरोन्नति र नवीकरणमा चलखेल भएको पाइएको छ।

२०७५ साउन ६ गते जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जिल्लाका १६ वटा स्वास्थ्य संस्था स्वतः खारेजीमा परेको जानकारीसहित कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्राचार गरेको थियो।

तत्कालीन जिल्ला स्वास्थ्य प्रमुख डा. नागरेन्द्रप्रसाद यादवले स्वतः खारेजीमा परेको १५ शय्याका ८ अस्पताल र ८ वटा पोलिक्लिनिकको नामावली जिल्ला प्रहरी कार्यालय सिरहालाई बोधार्थ पठाएका थिए। तर प्रशासन र प्रहरीले सो पत्रको कार्यान्वयन गरेनन्। कानुनअनुसार खारेजीमा परेका ती अस्पताल सञ्चालन भइरहे र तीमध्ये कामना नर्सिङ होम ५० शय्यामा स्तरोन्नति भएको समेत पाइएको छ। खारेजीमा परेको अस्पतालले कसरी ५० शड्ढयाको अनुमति पायो भनेर प्रश्न उठेको छ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा ११ मा निजी अस्पताल र पोलिक्लिनिकले म्याद सकिएको मितिले तीन महिनाभित्र नवीकरण गरिसक्नुपर्ने प्रावधान छ। तर सञ्चालकले सरोकारवाला निकायलाई आर्थिक प्रलोभनमा पारेर नवीकरणबिनै वर्षौंदेखि पोलिक्लिनिक र अस्पताल चलाउँदै आएको यहाँका बुद्धिजीवी बताउँछन्।

२०७५ साउन ६ गते जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जिल्लाका १६ वटा स्वास्थ्य संस्था स्वतः खारेजीमा परेको जानकारीसहित कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहालाई पत्राचार गरेको थियो।

पोलिक्लिनिक, क्लिनिक र मेडिकेयर सेन्टरले बिरामीलाई पहिलो चरणको सामान्य उपचारभन्दा भर्नासहित २४ घण्टा राखेर उपचार गर्न नपाउने कानुनी व्यवस्था छ। तर मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पोलिक्लिनिक र मेडिकेयर सेन्टरले बिरामी भर्ना गरेर उपचार, शल्यक्रिया, गर्भपतन लगायत सबै काम खुलेआम गरिरहेका छन्। नियामक निकायसँगको सेटिङमा फस्टाएको अवैध धन्दाका कारण मधेसका आम जनताको ज्यान जोखिममा पर्दै आएको छ।

प्रकाशित: ८ श्रावण २०८० ०१:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App