१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

यसरी खोजियो सर्पदंशकाे उपचार

संसारभर ३ हजार ९ सय ७१ प्रजातिका सर्प पाइन्छन्। तीमध्ये १७ प्रजाति मात्र विषालु र घातक मानिन्छन्। तिनै १७ प्रजातिले टोकेर संसारभर कम्तीमा ८१ हजारदेखि १ लाख ३८ हजार सर्वसाधारणको मृत्यु हुने गरेको छ। नेपालमा पनि सर्पदंश सर्वसाधारणको मृत्युको घातक कारणका रूपमा रहिआएको छ।  

पहिलेको तुलनामा नेपालमा सर्पदंशबाट मृत्यु हुनेको संख्या निकै घटे पनि अहिले पनि वर्षमा २० देखि ३० जनासम्मको मृत्यु यही कारणले हुने गरेको छ। सर्पदंशको आधुनिक उपचारको श्रेय फ्रान्सेली चिकित्सक अल्बर्ट क्लिमेटलाई जान्छ। लुई पास्चरले बौलाहा कुकुरले टोकेको उपचार पत्ता लगाएपछि उनीसँग काम गर्न इच्छुक हुँदै क्लिेमेट पास्चर इन्स्टिच्युट गएका थिए। त्यहाँ उनले कोब्रा सर्पको घातक गतिविधि नियाल्ने अवसर पाए।  सन् १८९१ मा उनले कोब्रा सर्पको घातक डसाइमाथि अध्ययन गरी त्यसको सम्भावित उपचारबारे लेखेका थिए।  

उनले सुरुमा कोब्राले डसेको विषलाई खरायोमा प्रयोग गरे। त्यसबाट चित्त नबुझेर परेवा र अन्य जनावरमा पनि प्रयोग गरे। पछि भेडा वा घोडामा कोब्राको विष प्रयोग गरे। विविध शुद्धीकरणपछि मानिसमा प्रयोग गर्दा सर्पदंशबाट बच्न सकिन्छ भन्ने निष्कर्ष उनले निकालेका थिए। हाल उपचारमा उपयोग गरिने एउटा पद्धतिमध्ये यो पनि एउटा हो।

प्रकाशित: २८ असार २०८० ०१:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App