१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

निजी अस्पताल तथा मेडिकल हलहरूलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

निजी अस्पताल तथा मेडिकल हलहरूले प्रतिवेदन पेश गर्न राख्नुपर्ने तथ्याङ्क अभिलेखीकरणको अवस्था बुझ्दै अनुगमन टोली। तस्बिर: नागरिक

 स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरूलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक वर्ष भित्रै स्वीकृति लिई सक्न निर्देशन दिएको छ। त्यो भनेको यहीँ असार मसान्त सम्मको अवधि हो।

 पटक–पटक सञ्चालन स्वीकृतिका लागि दिएका निर्देशनको पालना नभएको ठहर गर्दै जिल्ला अनुगमन समितिले असार मसान्त सम्ममा स्वीकृति नलिएका निजी अस्पताल तथा मेडिकल हलहरूलाई कानुन अनुसार कारबाही गर्ने निष्कर्ष निकालेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरेले जानकारी दिए।‘हामीले यो अन्तिम अवसर प्रदान गरेका छौँ’स्वीकृति नलिएकाहरूले यो समयलाई अवसरको रुपमा लिनुहुने छ भन्ने बिश्वास छ’उनले भने।

 अनुगमनका क्रममा सम्बन्धित निकायमा पेश हुनुपर्ने प्रतिवेदन समयमै आउन नसकेकोले अब उप्रान्त समयमै प्रतिवेदन पेश गर्न समेत अनुगमन समितिले निर्देशन दिएको घिमिरेले बताए। सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले प्रक्रिया र मापदण्ड पूरा गर्नै पर्ने बताउँदै अन्यथा कानुन अनुसार अघि बढ्ने जानकारी दिए।

ताप्लेजुङ जिल्ला अस्पतालका डाक्टर सुरेन्द्र लिम्बूका अनुसार केही मेडिकल हलहरूमा फोहोरको व्यवस्थापनमा मापदण्ड प्रयोग नभएको देखिएकोले तत्काल सुधार गर्न निर्देशन दिइएको छ। एक्स–रे मा कार्यरत जनशक्ति नभएको र मेसिन कक्ष समेत अनुपयुक्त रहेका स्वास्थ्य संस्थालाई तत्काल यी दुवै मापदण्ड पूरा गर्न अनुगमन समितिले भनेको छ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले स्वास्थ्य जस्तो संवेदनशील बिषयमा सञ्चालकहरूले संवेदन शीलता अपनाउनुपर्ने बताईन्। स्वास्थ्य कार्यालयका ल्याब टेक्नििसियन निरीक्षक गोपाल बरालले अनुगमनका क्रममा दिएका निर्देशनलाई समयावधि भित्र पूरा गर्न निजी अस्पताल तथा मेडिकल हलहरूलाई आग्रह गरेका छन्। 

प्रकाशित: २१ असार २०८० ०८:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App