१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपाली नेत्र चिकित्सक डा. शर्मालाई टिमोर लेस्टे सरकारको उच्च सम्मान

नेपाली नेत्र चिकित्सक डा. मनोज कुमार शर्माले दक्षिण पूर्वी एसियाली राष्ट्र टिमोर लेस्टे सरकारको उच्चतम सम्मान पाएका छन्।

टिमोर लेष्टको राष्ट्रपति होसे रामोस–होर्टाले हालै डा. शर्मालाई ‘मेडाल अफ द अर्डर टिमोर लेस्टे कोलार’ बाट विभूषित गरेका हुन।

हाल रोयल टिमोर लेस्टेको अष्ट्रेलेसियन कलेज अफ सर्जन्समा परामर्शदाता रहेका डा. शर्माले सो देशको आँखा उपचारका लागि क्षमता विकास तथा भौतिक पूर्वाधार विकासका लागि गरेको योगदानका कारण उक्त पुरस्कार प्रदान गरिएको हो।

युनिभर्सिटी अफ टिमोर लेष्टेमा भिजिटिङ प्रोफेसर समेत रहेका डा. शर्मा सन् २०१३ देखि टिमोर लेस्टेमा कार्यरत छन्। त्यसअघि नेपालमा रहँदा डा. शर्माले बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान, लुम्बिनी आँखा इन्स्टिच्युट लगायतका अस्पतालमा नेत्र चिकित्सक तथा सहप्राध्यापकको हैसियतमा सेवा गरेका थिए।

प्रकाशित: २५ जेष्ठ २०८० १०:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App