४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘छिटै पत्ता लागे बाथ रोग निको हुन्छ’

फाइल तस्वीर

अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेषज्ञहरूले सुझाएका छन्।

सोमबार नेसनल बाथ रोग सेन्टरको दशौं वार्षिकोत्सवका अवसरमा उनीहरूले आम नागरिकलाई बाथ रोगका कुनै पनि लक्षण देखिए विशेषज्ञ चिकित्सकसमक्ष पुगेर उपचार गर्न आह्वान गरेका छन्।

बाथ रोग लागे पनि अन्य रोगको आशंकामा अन्य उपचारतिर पुग्ने क्रममा धेरैजसो बाथ रोग ढिलो गरी पहिचान हुने समस्या नेपालमा अहिले पनि छ। लामो समय लक्षण नघटेपछि उनीहरू नशा, क्यान्सर र हड्डी उपचारमा घुम्दाघुम्दै धेरै ढिला हुने नेसनल बाथ रोग सेन्टरका प्रमुख तथा बाथ रोग विशेषज्ञ डा. विनित वैद्यले बताए।

अहिले पनि जनमानसमा ‘बाथ रोग लागेपछि निको हुँदैन, बाथ रोगको उपचार छैन’ भन्ने खालका बाथ रोगसम्बन्धी भ्रम व्याप्त छ। तर बाथ रोग लागेको दुईतीन महिनामै पत्ता लागे औषधी सेवन गरी पूरै निको हुने बाथ रोग विशेषज्ञहरूले सुझाएका छन्।

चिकित्सकका अनुसार नेपालमा बाथ रोेगीमध्येमा ०.१ प्रतिशत उपचारमा पुग्छन्। उपचारमा पुगेका मध्ये ०.१ मात्र तीन महिनाभित्र उपचारमा पुग्छन्। बाँकी ९९.९ प्रतिशत ढिला गरी उपचारमा पुग्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार हरेक देशमा कुल जनसंख्यामध्ये १० प्रतिशत जनसंख्यामा बाथ रोग हुन्छ। यो हिसाबले नेपालमा ३० लाख जनसंख्यामा बाथ रोग छ।

नेपालमा महिलामा लुपस, मांसपेसीको बाथ र गठिया बाथ बढी मात्रामा देखिन्छ भने पुरुषमा युरिक एसिड बाथ र ढाडको बाथ बढी मात्रामा देखिन्छ। जुनसुकै बाथ रोगी सुरुमै उपचारमा पुगेमा एक वर्षसम्म औषधी खाएर थप औषधी खानुनपर्ने या जीवनभरि सामान्य खालको औषधी सेवन गरेर रोग नियन्त्रणमा राख्न सकिन्छ।

सुरुमै पुगेका मध्येमा पनि ३० प्रतिशत मात्र पूरै निको हुन्छन्। तर तीन महिनाभन्दा ढिला भएमा एकतिहाइ बिरामीले कडा औषधी खानुपर्छ। यसका साथै ढिला उपचारमा पुगेमा युरिक एसिड बाथले पुरुषमा ढाड कुप्रिने, युरिस एसिड बाथले मिर्गौला, मुटु तथा फोक्सो नष्ट गर्ने र लामो समय यी अंगको पनि उपचार गर्नुपर्ने समस्या आउँछ। यी जटिल समस्याबाट बच्ने एउटा मात्र उपाय समयमै रोग पहिचान गर्नुपर्ने चिकित्सकको अपिल छ। ‘हामी एउटै मात्र कुरा भन्छौ-बाथ रोगको कुनै पनि लक्षण भएमा अलमल नगरी विशेषज्ञकहाँ पुग्नु नै मुख्य उपाय हो’, डा. वैद्यले भने।

चिकित्सकका अनुसार नेपालमा बाथ रोेगीमध्येमा ०.१ प्रतिशत उपचारमा पुग्छन्। उपचारमा पुगेका मध्ये ०.१ मात्र तीन महिनाभित्र उपचारमा पुग्छन्।

बाथ रोगबाट बच्न स्वस्थ जीवनशैली, तौल नियन्त्रणमा राख्ने, दाँतको सफाइ राम्रोसँग गर्ने, चुरोटको धुवाँ, प्रदुषण, संक्रमणबाट बच्ने चिकित्सक सुझाउँछन्। वंशाणुगत र हर्मोनका कारणले पनि बाथ रोग लाग्न सक्ने भएकाले कुनै पनि लक्षण देखिएमा समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने डा. वैद्यको सुझाव छ। ‘बाथ रोग लागिहालेमा नियमित औषधी सेवन, तौल नियन्त्रणमा राख्ने, चिकित्सकको सल्लाहमा थेरापी गर्नेजस्ता उपायले बाथ रोगको बढी असरबाट बच्न सकिने चिकित्सक बताउँछन्। ‘तौल नियन्त्रण भएन भने औषधी धेरै आवश्यक पर्छ’, डा. वैधले भने।

आँखा रातो हुने, रगतमा सेतो रगत कम हुने, छालामा निको नहुने घाउ हुने, कपाल धेरै झर्ने, एउटै प्रकारको लक्षण बारम्बार देखिरहने जस्ता लक्षण देखिन्छ। त्यसबाहेक बिहान उठ्दा शरीर तथा जोर्नी कक्रक्क हुने र सक्रिय हुन थालेपछि सामान्य हुने बाथ रोगको मुख्य लक्षण हुन्।

नेपालमा बाथ रोगको उपचारबारे धेरै मानिसमा जानकारी नभएकाले अहिले पनि बढी मानिसले ढिला गरी उपचारमा पुग्दा यो रोगका कारण उमेरमै अपांगता हुने र मृत्युवरणसमेत गर्नुपरेकाले नेसनल बाथ रोग सेन्टरले ‘बाथ रोगको जनचतेना घरघरमा पुर्‍याऔं, सामाजिक उत्तरदायित्व पूरा गरौं’ भन्ने नाराका साथ आफ्नो दशौं वार्षिकोत्सव मनाएको हो। सोही अवसरमा सेन्टरले बाथ रोग पहिचान गर्ने आधुनिक उपकरण ‘थर्मोग्राफी’ को उट्घाटन गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उट्घाटन गरेका हुन्। यो उपकरणले शरीरका कुनै पनि भागमा रहेको बाथको असर पत्ता लगाउन सकिने डा. वैद्य बताउँछन्।  

सो क्रममा स्वास्थ्य तथा जनसंंख्यामन्त्री बस्नेतले नेपालमा बाथ रोगबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउन र समयमै स्वास्थ्य परीक्षणका लागि अपिल गरे। साथै बाथ रोग उपचारका लागि नीतिगत व्यवस्थामा ध्यान दिने प्रतिबद्धता जनाए।

आँखा रातो हुने, रगतमा सेतो रगत कम हुने, छालामा निको नहुने घाउ हुने, कपाल धेरै झर्ने, एउटै प्रकारको लक्षण बारम्बार देखिरहने जस्ता लक्षण देखिन्छ। त्यसबाहेक बिहान उठ्दा शरीर तथा जोर्नी कक्रक्क हुने र सक्रिय हुन थालेपछि सामान्य हुने बाथ रोगको मुख्य लक्षण हुन्।

नेपालमा बाथ रोग विशेषज्ञ १८ जना मात्र रहेकाले देशभरिका बाथ रोगीका लागि उपचार पहुँचको कमी भएको बाथ सेन्टरले औंल्याएको छ। सबै विशेषज्ञ देशभरि अहिल्यै पुर्‍याउन सम्भव नभएकाले विकल्पमा सरकारका सबै स्वास्थ्य संस्थाका चिकित्सकलाई बाथ रोग पहिचानका लागि आवश्यक जाँचसम्बन्धी तालिम दिएर समयमै रोग पहिचान गर्न सकिने डा. वैद्यको सुझाव छ।

प्रकाशित: २५ जेष्ठ २०८० ०१:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App