१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बुटवलको आम्दा अस्पताललाई ३ सय शैयामा स्तरोन्नती गर्ने समझदारी

बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय बेडमा स्तरोन्नती हुने भएको छ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलको स्तरोन्नती गर्न आम्दा इन्टरनेश्नल जापान संग समझदारी भएको हो। स्तरोन्नतीका लागि आम्दा इन्टरनेश्नलले आर्थिक, भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने सहमती भएको छ।

अस्पताल सञ्चाकल समितिमा रहेका बुटवल उपमहानगरपालिका,आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सहमतिमा २ सय बेड थप गर्दै अस्पतालको स्तरवृद्धि गर्ने समझदारी भएको हो। जापानको ओकायामामा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे,आम्दा इन्टरनेश्नलका अध्यक्ष डा शिगेरु सुगानामी,बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु,आम्दा नेपालका पूर्व अध्यक्ष डा रिशिकेश श्रेष्ठ र आम्दा अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालले आम्दा अस्पताल बुटवललाई ३ सय बेडमा स्तरोन्नति गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्।

आम्दा अस्पताल बुटवलका  अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटलको आम्दा अस्पताललाइ ३ सय बेडमा स्तरोन्नती  गर्नुका साथै मेडिकल कलेजका रुपमा स्थापित गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने गरी समझदारी भएको बताए। समझदारी अनुसार आम्दा इन्टरनेश्नलले अस्पतालको स्तरोन्नतीका लागि आवश्यक आर्थिक भौतिक र प्राविधिक सहयोग गर्ने उनले जानकारी दिए। तीन पक्ष बिच भएको समझदारीले बुटवलको स्वास्थ्य क्षेत्रमा नयाँ फडको मार्ने नगरप्रमुख पाण्डेले बताए। अस्पतालको स्तरोन्नती भएपछि बुटवल क्षेत्रमा महिला तथा बालबालिका सम्बन्धि विशिष्टिकृत सेवा भएको स्तरीय अस्पताल बन्ने बताए।

एसोसिएसन अफ मेडिकल डक्र्टस अफ एसिया (आम्दा) इन्टरनेशनलका अध्यक्ष सिगेरु सुगानामीको निमन्त्रणामा जापानको ओकायामा सिटी गएको बुटवल उपमहानगरप्रमुख सहितको टोलीले त्यहाँका नगरले संचालन गरेका अस्पतालहरुको अवलोकन गर्दे अनुभव आदानप्रदान समेत गरेको थियो। यसअघि गत असोजमा आम्दा इन्टरनेश्नलका अध्यक्ष डा सिगेरु सुगानामीको बुटवल भ्रमणका क्रममा अस्प्तालको स्तरोन्नतीका लागि सहमती गर्दै आवश्ययकता अनुरुपको समझदारी गर्ने निर्णय भएको थियो। सोही निर्णय अनुरुप आम्दा अस्पताललाइ विशिष्टिकृत सेवा सहितको स्तरीय अस्पताल समझदारी भएको नगरप्रमुख पाण्डेले बताए। २०५३ सालमा बुटवल उपमहानगरपालिका ७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना भएको हो। पचास शैयाबाट सुरु भएको अस्पताल हाल १ सय शैयाको छ।

प्रकाशित: २३ जेष्ठ २०८० ०६:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App