७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

‘कोभिड-१९ भाइरस चुहावट भएको सम्भावना इन्कार गर्न सकिन्न’

फाइल तस्वीर

कोभिड-१९ भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय अझै पनि निर्क्याेल नभइसकेको अवस्थामा चीनका एक वरिष्ठ वैज्ञानिकले प्रयोगशालाबाट चुहावट भएका हुन सक्ने सम्भावना इन्कार गर्न नसकिने बताएका छन्।

चीनका रोगनियन्त्रण केन्द्र(सिडिसी)को पूर्व प्रमुख तथा प्राध्यापक जर्ज गाओले उक्त कुरा बताएका हुन। कोभिड–१९ महामारीलाई सम्वोधन गर्न र यसको उत्पतिको रहस्य पत्ता लगाउने अनुसन्धानमा उनले अग्रणी नेतृत्व दिएका दिए। वुहानको एक प्रयोगशालाबाट भाइरसको चुहावट भएको संभावनलाई चीन सरकारले अस्विकार गर्दै आएको थियो।

‘हामीले विज्ञानका हिसाबले जुनसुकै सम्भावना इन्कार गर्नु हुँदैन। त्यसैले यो विषयलाई इन्कार गर्न मिल्दैन,’ बिबिसी रेडियो सँगको अन्र्तवार्तामा प्राध्यापक गाओले भनेका छन्।

कोभिड–१९ भाइरसको उत्पत्ति कसरी भयो भन्ने विषय अझै पनि निर्क्याेल नभइसकेको अवश्थमा चीनका एक वरिष्ठ वैज्ञानिकले प्रयोगशालाबाट चुहावट भएका हुन सक्ने सम्भावना इन्कार गर्न नसकिने बताएका छन्।

सिडिसीबाट सेवा निबृत भएपछि चीनको नेसनल नेचुरल साइन्स फाउण्डेसनका उपाध्यक्षमा नियुक्त भएका गाओले चीन सरकारले यो विषययमा वुहान इन्सिच्युट अफ भाइरोलोजी (डब्लुआइभी)मा औपचारिक अध्ययन गरेको तर त्यो अध्ययनमा त्यतिबेला आफूले नेतृत्व गरेको संस्था अर्थात् सिडिसी संलग्न नरहेको बताए।

उनको कथनसँगै चीनले भाइरसको उत्पतिकाबारेमा डब्लुआइभीमा अध्ययन गरिएको भन्ने विषयलाई पहिलोपटक स्वीकार गरेकोछ। प्राध्यापक गाओले अध्ययनको नतिजालाई हेर्न नपाएको तर अध्ययन टोलीले डब्लुआइभीलाई क्लिन चिट दिएको बताए।

कोभिड–१९ भाइरस कुनै बेला चमेरोबाट मानिसमा सरेको तथ्यलाई धेरैले स्वीकार गरेका छन्। तर चमेराबाट मानिसमा कसरी सर्‍यो भन्ने विषय विवादित रहँदै आएकोछ र यसमा दुईवटा सम्भावना रहेका छन्।

प्राध्यापक गाओले अध्ययनको नतिजालाई हेर्न नपाएको तर अध्ययन टोलीले डब्लुआइभीलाई क्लिन चिट दिएको बताए।

अन्य जनावरको सहयोगमा भाइरस प्राकृतिक हिसाबले चमेरोबाट मानिसमा सरेको हुन सक्ने पहिलो सम्भावना रहेको छ। तर अर्काे सम्भावना अनुसार प्रयोगशालामा कार्यरत कसैलाई भाइरसको सक्रमण भएको र त्यहीँबाट भाइरसको प्रसारण भएको हुन सक्दछ।

भाइरस उत्पतिका यी दुई सम्भावनाका कारण अमेरिका र चीनबीच ठूलो आरोपप्रत्यारोपसमेत भएको थियो भने भूराजनीतिक तनावसमेत सिर्जना भएको थियो। चीनको सरकारले भाइरस चीन बाहिरबाट प्याकेजमा आयातित गरिएका खाद्यवस्तुमार्फत भाइरसको उत्पति भएको हुनसक्ने तेस्रो सम्भावनालाई समेत अगाडि सारेको थियो।

अमेरिकी खुफिया एजेन्सीले सार्वजनिक गरेको डिक्लासिफाइड प्रतिवेदनका अनुसार वुहानका प्रयोगशालमा महामारीको सुरुवाती चरणमा कतिपय अनुसन्धानकर्ताहरू बिरामी परेको देखिएको थियो। यसले भाइरसको उत्पति प्रयोगशालमा नै भएका हुनसक्ने भन्ने आशंकालाई थप बल दिएको थियो।

भाइरस उत्पतिका यी दुई सम्भावनाका कारण अमेरिका र चीनबीच ठूलो आरोपप्रत्यारोपसमेत भएको थियो भने भूराजनीतिक तनावसमेत सिर्जना भएको थियो।

वाह्य विश्वले भाइरसको उत्पत्तिको विषयमा चीनले पर्याप्त प्रमाण संकलन नगरेको र भएका प्रमाणलाई साझेदार नगरेको आरोप लगाउँदै आएको छ। यो प्रश्न सामान्य देखिए पनि महामारीको कारण संक्रमित भएका, मृत्यु भएका र अझै पनि प्रभावित भैरहेकालाई यो प्रश्न अहम् बन्ने गरेको छ।

बिबिसी

प्रकाशित: १७ जेष्ठ २०८० ०१:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App