coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोहलपुरमा निःशुल्क शौचालय

फाइल तस्वीर

सहर-बजारमा सबैभन्दा ठूलो समस्या भनेको सार्वजनिक शौचालयको हो। भएका सार्वजनिक शौचालयमा पनि चर्काे मूल्य र अव्यवस्थित हुँदा नागरिकले हैरानी खेप्नुपरेको अवस्था थियो। सामान्य व्यक्तिसँग शौचालय प्रयोग गरेवापतको पैसा तिर्न नसक्दा उनीहरू घरमै तथा लुकेर खुला आकाशमुनि शौच गर्न बाध्य थिए। यो कोहलपुरको मात्र होइन, हरेक सहर-बजारको समस्या हो। तर कोहलपुरले आफूलाई बदलेको छ। नगरको धेरै भीडभाड हुने क्षेत्र न्युरोड र बसपार्कमा सार्वजनिक शौचालय निःशुल्क बनाइएको छ।

उक्त शौचालय प्रयोग गरेवापत सर्वसाधारणले पैसा तिर्नु पर्दैन। यसअघि सार्वजनिक शौचालय प्रयोग गरेवापत पिसाब गर्दा १० र दिसा गर्दा २० रूपैयाँ शुल्क सर्वसाधारणले तिर्दै आएका थिए।

सहर-बजारमा सबैभन्दा ठूलो समस्या भनेको सार्वजनिक शौचालयको हो। भएका सार्वजनिक शौचालयमा पनि चर्काे मूल्य र अव्यवस्थित हुँदा नागरिकले हैरानी खेप्नुपरेको अवस्था थियो।

बसपार्कमा पूर्व र पश्चिम क्षेत्रका दुई र न्युरोडमा एउटा सार्वजनिक शौचालयलाई निःशुल्क बनाइएको छ। नगर विकास समितिले यी शौचालय निःशुल्क बनाएको हो। न्युरोडस्थित सार्वजनिक शौचालयनजिकै चर्चेको जग्गा भाडामा दिने र भाडामा लिने फर्मले सार्वजनिक शौचालय निःशुल्क गर्ने गरी नगर विकास समितिले सम्झौता गरेको थियो।

पुसमा सम्झौता भए पनि फागुनदेखि यहाँका दुई स्थानका सार्वजनिक शौचालय निःशुल्क बनाइएको छ। यसको व्यवस्थापन जिम्मा फुड वाटिका कोहलपुर-११ ले लिएको छ। नगर विकास समितिको निर्णय अनुसार कोहलपुरका सार्वजनिक शौचालय निःशुल्क गरिएको नगर विकास समितिका सदस्य सचिव तथा कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जनाए। ‘यसका लागि पहिलोपटक सूचना निकाल्दा कसैले दरखास्त दिनुभएन’, उनले भने, ‘दोस्रोपटकमा दुईवटा दरखास्त पर्‍यो।’

दुईजनाबाट फुड वाटिका छनोट भएको नगर विकास समितिले जनाएको छ। ‘खल्तीमा दुई पैसा हुने मान्छे त होटेलमा गएर खाजाचिया खाएर पनि शौच गर्ला’, उनी भन्छन्, ‘होटेलमा जान नसक्ने मान्छे कहाँ र कसरी शौच गर्ने?’

खासगरी यसबाट गरिब, मजदुर, अटो ड्राइभिङ बढी लाभान्वित हुने उनको भनाइ छ। ‘सार्वजनिक शौचालयलाई निःशुल्क गर्ने र साबुन सरफले पनि पूर्ण रूपमा सफा गर्ने गरी हामीले निर्णय गरेका हौं’, उनी भन्छन्, ‘यसबाट स्विपर, सरसफाइ सामग्रीलगायतको मासिक करिब ३० देखि ४० हजार रूपैयाँ खर्चबाट बच्छौं।’

पुसमा सम्झौता भए पनि फागुनदेखि यहाँका दुई स्थानका सार्वजनिक शौचालय निःशुल्क बनाइएको छ।

कोहलपुरमा सार्वजनिक शौचालय निःशुल्क हुनु राम्रो भएको भन्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीले भनिन्, ‘निःशुल्क शौचालयले धेरै राहत दिएको छ।’

सम्झौताअनुसार फागुनदेखि सार्वजनिक शौचालयलाई निःशुल्क बनाइएको फुड वाटिकाका सञ्चालक निसान भण्डारीले जनाए। ‘सम्झौतामै शौचालयसँग चर्चेको जग्गा प्रयोग गर्ने र सार्वजनिक शौचालयलाई निःशुल्क गर्ने उल्लेख छ’, उनले भने, ‘चर्चेको जग्गामा रेस्टुरेन्ट निर्माण गर्दै छौं।’ उनले सार्वजनिक जग्गा टेन्डरमार्फत मासिक १३ हजार रूपैयाँ भाडा तिर्ने गरी जिम्मामा लिएका छन्। ‘रेस्टुरेन्ट सञ्चालनको काम अन्तिम चरणमा पुगेको छ।

अबको ८/१० दिनभित्र सञ्चालन हुन्छ’, उनी भन्छन्, ‘तर हामीले रेस्टुरेन्ट सञ्चालन नहुँदै नागरिकको सुविधाका लागि सार्वजनिक शौचालयलाई निःशुल्क बनाएका छौं। यतिबेला घाटामा भए पनि नागरिकलाई सुविधा दिएका छौं।’ सार्वजनिक शौचालयभित्र मार्बल लगाइएको उनी बताउँछन्। ‘निःशुल्कका नाममा हामीले शौचालयलाई बेवारिसे बनाएका छैनौं’, उनी भन्छन्, ‘तीनवटामा २० वटा शौचालय छन्। सफा राखेका छौं। शौचालय जाँदा हिच्किचाउनुपर्ने अवस्था छैन।’

सम्झौताअनुसार फागुनदेखि सार्वजनिक शौचालयलाई निःशुल्क बनाइएको फुड वाटिकाका सञ्चालक निसान भण्डारीले जनाए।

रेस्टुरेन्ट खोलिसकेपछि व्यापार मात्रै होइन, एउटा सेवा पनि हो भन्ने उद्देश्यले निःशुल्क सञ्चालन गर्न सार्वजनिक शौचालयको जिम्मा लिएको भन्दै उनले भने, ‘सार्वजनिक रूपमा प्रयोग शौचालयमा प्रयोग गर्नु कुनै असजिलो मान्नु पर्दैन।’ ‘यो निःशुल्क हुन्छ। निःशुल्क भएपछि कसैलाई समस्या पनि हुँदैन’, उनी भन्छन्,। अहिले दैनिक सयौं व्यक्तिले निःशुल्क रूपमा सार्वजनिक शौचालय प्रयोग गरिरहेको उनी बताउँछन्। उक्त निःशुल्क सार्वजनिक शौचालयको रेखदेख र सरसफाइका लागि व्यवस्थापक कम्पनीले पारिश्रमिक दिने गरी कर्मचारी परिचालन गरेको छ।

प्रकाशित: १४ जेष्ठ २०८० ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App