१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

११ महिनासम्म तलव नपाएपछि स्वास्थ्यकर्मी बसे धर्नामा

कालो व्यानरमा धर्नामा बसे स्वास्थ्यकर्मी । तस्विरः ललित विष्ट/कालिकोट ।

रास्कोट नगरपालिकाका १५ जना स्थायी स्वास्थ्यकर्मीले ११ महिनाको तलव नपाएपछि धर्ना सुरु गरेका छन्। पुरानो गाउँ विकास समितिको बेला स्थायी भएर काम गरिरहेका कर्मचारीहरु अघिल्लो सरकारले तलव खुवाएपनी वर्तमान सरकारले दरबन्दी नभएको भन्दै ११ महिनासम्म तलव दिन सकेको छैन ।

दरबन्दी भन्दा बढि भएकाले तलव खुवाउन नसकेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए । ‘संघको निश्चित दरबन्दी र वजेट आउन्छ । हामिले दरबन्दी बिनै नगरमा राख्दा तलव खुवाउन नसकिने भएको हुदा यो समस्या आएको हो,’ उनले भने । उसो त यो समस्या देशैभरी छ यसको सावधानका लागी दरबन्दि मिलानकै लागी पहल भइरहेको प्रमुख शाहीले बताए ।

समायोजन संसोधन र समायोजन मिलान भएका स्वास्थ्यकर्मीहरुको ११ महिनादेखिको तलव भत्ताको व्यवस्था गरिनु पर्ने,आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा दरवन्दि शृर्जना गरिनु पर्ने र आगामी आर्थिक वर्ष २०८० ÷८१ का लागी तलवभत्ताको अग्रिम सुनिश्चत गरिनु पर्ने भन्दै १५ जना स्थायी स्वास्थ्यकर्मीहरुले बिहिबार देखि रास्कोट नगरपालिकामा कालो व्यानर सहित धर्ना सुरु गरेका छन्।

११ महिनासम्म कामगर्दै आएको तर,सेवा सुविधा बिहिन आफुहरु बेतलवी भएकाले कालो व्यानर सहित धर्नामा बसेको स्वास्थ्यकर्मी शंकर वरालले गुनासो गरे । उनले भने, ‘काम गरेका छौँ तलव पाएका छैनौ ।’ अघिल्लो सरकाले तलव खुवाउन सक्ने वर्तमान सरकारले करार कर्मचारी राखेर हामि स्थायी कर्मचारीहरुलाई बेतलबी बनाएको आरोप उनिहरुको छ ।

प्रकाशित: १२ जेष्ठ २०८० ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App