१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वर्षेनी २७ हजारको मृत्यु

होटल रेस्टुरेण्टमा सुर्तिजन्य पदार्थको जथाभावि बिक्रि

नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष २७ हजारको मृत्यु हुने गरेको छ। स्वास्थ्य पत्रकार मञ्चले चितवनमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईले सुर्ति जन्य पदार्थको सेवन डरलाग्दो भएको बताएका हुन्।

‘विश्वमा मुत्युको प्रमुख कारण सुर्तिजन्य पदार्थ सेवन रहेको छ,’ उनले भने ‘नेपालमा २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्दछन्।’ त्यसमा पुरुषको संख्या बढि छ। ४८ दशमलव ३ प्रतिशत पुरुषले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको चापागाईले बताए। महिलाको संख्या भने ११ दशमलव ६ प्रतिशत रहेको छ।  उनका अनुसार, मृत्युमध्ये १५ प्रतिशत धुमपानकै कारण हुने गरेको छ।

सुर्ती सेवनबाट प्रत्येक वर्ष ८० लाख मानिसको मृत्यु हुने गरेको पनि उनले बताए। नेपालमाभन्दा विश्वमा सुर्तिजन्य पदार्थ सेवन गर्ने पुरुष र महिलाको संख्या कम छ। २०२० मा १८२ वटा देशमा गरिएको अध्ययन अनुसार, २२दशमलव ३२ प्रतिशत मानिसले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेका छन्। अधिकांशले १८ बर्षभन्दा कम उमेरबाट नै धुमपान सेवन गर्ने गरेको उनको भनाइ छ। मुख, घाँटी, फोक्सो, मुटु, श्वासप्रश्वास, मस्तिस्क सम्बन्धी रोग सूर्तीजन्य पदार्थ हुने गरेको छ। सुर्तिजन्य पदार्थको सेवन नगर्दा प्रत्येक बर्ष ५५ लाख मानिसलाई बचाउन सकिने उनको निस्कर्ष छ।

सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न सन् १९९० मा पहिलोपटक ऐन ल्याएको थियो। त्यसपछि थप गर्दै आजभोलि कुनैपनि सञ्चारमाध्यममा विज्ञापन गर्न निषेध गर्नुका साथै सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गर्न पाईदैन। तर, अझैपनि होटल तथा रेष्टुरेण्टहरुमा निर्वाध रुपमा धुमपानको प्रयोग हुने गरेको एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्द बताउँछन्। अझै पनि ३० प्रतिशत सरकारी अस्पतालमा धुमपान निषेध लेखिएका संकेतहरु नभएको उनले बताए। गैरसरकारी संस्थामा यस्ता संकेतहरु भेटिदैनन्।  ‘स्कुल, कलेज, अस्पताल क्षेत्रको सय मिटरमा सुर्तिजन्य पदार्थ बेच्न तथा सेवन गर्न पाईदैन,’ उनले भने, ‘तर, नेपालमा यसको लागु भएको छैन होटल रेष्टुरेण्टमा बढेको छ।’

सरकारले सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न यसमा कर बढी लगाउने गर्दछ। तर, अझै बढाउनुपर्ने धारणा चन्दको छ। ‘दक्षिण एसियामै नेपालमा सुर्तिजन्य पदार्थ सस्तोमा पाइन्छ। कर पनि कम छ,’ उनले भने ‘३६ प्रतिशतबाट बढाएर ६६ प्रतिशत बढाउन आवश्यक छ।’

नेपालमा कर बढाएपनि सुर्तिजन्य पदार्थको उपभोग भने घट्न सकेको छैन। कर मात्र नबढाएर यसका दर पनि बढाउनुपर्ने धारणा राख्नुहुन्छ नेपाल चिकित्सक संघका अध्यक्ष तथा क्यान्सर रोग विशेषज्ञ डा.अनिल विक्रम कार्की। संघिय सरकारले सुर्तिजन्य पदार्थमा लगाएको कर मध्ये एक खिल्ली चुरोटको एक रुपैयाँ नसर्ने रोगको उपचारका लागि छुट्टाउने गर्दछ।

त्यस्तै स्थानीय तहले पनि आफ्नो क्षेत्रमा ऐन बनाएर यस्ता कार्यक्रम ल्याउन सक्ने कार्कीले बताए। ६० प्रतिशत क्यान्सर सुर्तिजन्य पदार्थका कारण लाग्ने गर्दछ। विद्युतीय चुरोटको प्रयोग बढ्दा अवस्थामा छ। ‘अहिले स्वास्थ्यलाई असर नगर्ने भन्दै विद्युतीय प्रयोग गरेको पाइन्छ। तर, यो पनि स्वास्थ्यका लागि हानिकारक छ,’ उनले भने ‘विद्युती चुरोटको त विज्ञापन समेत भएको पाइन्छ। यसलाई रोक्न जरुरी देखिएको छ।’ सुर्तिजन्य पदार्थको बट्टा तथा प्याकेजिङमा ७५ प्रतिशत हानिकारक छ भन्ने चेतावनी युक्त सुचना टासिनु पर्दछ।

नेपालको कानुनले अनुमति लिएर मात्र सुर्तिजन्य पदार्थ बेच्न अनुरोध गरेको छ। गर्भवतीले बेच्न र सेवन गर्न समेत पाईदैन भने १८ बर्षभन्दा मुनिकाले बेच्न पाएपनि सेवन गर्न पाइदैन। उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिशिर पन्त नाफा गर्दा सर्वसाधरणको स्वास्थ्यमा खेलवाड गर्न नहुने बताउँछन्।

भरतपुर महानगरपालिकाको वडा नम्बर १ धुमपान बिक्रि तथा वितरणमा रोक लगाएको थियो । तर, चर्को दबावका बिच आफ्नो निर्णयबाट पछि हटेको थियो। महानगरपालिका प्रमुख रेनु दाहाल धुमपान उन्मुख भरतपुर बनाउने बताएकी छिन्। ‘सन् २०१९मा  धुमपान विरुद्धको अन्तराष्ट्रिय सम्मेलन भरतपुरमा गर्न लागेका थियौँ। कोरोनाले सम्भव भएन’ उनले भनिन्, ‘सुर्तिजन्य पदार्थको विषयमा हामी जानकार छौँ।’ सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न नगरस्तरिय समिति समेत बनाएको उनले बताइन्।

साहायक प्रमुख जिल्ला अधिकारी सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समितिको संयोजक हुने व्यवस्था छ। तर, कतिपय साहायक प्रमुख जिल्ला अधिकारीलाई आफु कुन समितिको संयोजक भएको समेत थाहा नहुने गरेको स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष सरोज ढुंगेलले बताए। सुर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन एने २०६८ले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ सेवन गरे सय रुपैयाँसम्म जरिवाना लगाउन सकिने व्यवस्था गरेको छ। नेपालमा सयको हाराहारीमा सुर्तिजन्य पदार्थका उद्योग रहेको बताईएको छ।  

प्रकाशित: २९ चैत्र २०७९ १२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App