१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

कोशी अस्पतालमा हाइड्रोशिलको निःशुल्क उपचार

विराटनगर स्थित कोशी अस्पतालमा हाइड्रोशिलका विगरामीको निःशुल्क उपचार गरिने अस्पतालले जनाएको छ। शुक्रबार अस्पताललले पत्रकारहरूसँग अन्तक्र्रिया आयोजना गरी अस्पतालले निःशुल्क हाइड्रोशिलको उपचार गरिरहेको जानकारी दिएको हो।

अस्पतालका मेडिकल  सुपरिटेन्डेन्ट रविन्द्रराज सिंहले कोशी अस्पतालले हाइड्रोशिलको निःशुल्क अप्रेसन र उपचार गरिरहेको जानकारी दिए। उनले चालु आर्थिक वर्षको हालसम्म अस्पतालले ७४ जनाको निःशुल्क अप्रेसन र उपचार गरिसकेको बताए।

सिंहले भने‘हाइड्रोशिलका विरामी उपचारका लागि आए अस्पतालले निःशुल्क अप्रेसन र उपचार गर्छ।’ मोरङका विभिन्न ग्रामीण भेगमा हाइड्रोशिलका धेरै विरामी  रहेपनि उपचारका लागि न्यूनमात्रै आइरहेको उनले जानकारी दिए। 

मेसु सिंहले शल्याक्रियाबाट हाइड्रोहिश पर्णरुपमा निको हुने र पुनः हाइड्रोशिल नहुने पनि स्पष्ट पारे। अस्पतालका मेडिकल रेकर्ड अधिकृत गोविन्द कटुवालले कोशी अस्पतालले आर्थिक वर्ष ०७७/७८मा १६, ०७८/७९मा ६२ र ०७९/८०मा ७४ जनाको निःशुल्क अप्रेशन गरेको जानकारी दिए।

नेपाल सरकार सरुवा रोग नियन्त्रण महाशाखाको आर्थिक सहयोगमा कोशी अस्पताल विराटनगरले  हाइड्रोशिल भएका विरामीका निःशुल्क शल्यक्रिया र उपचार गर्दै आएको कटुवालले बताए।  

प्रकाशित: २४ चैत्र २०७९ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App