८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

फेरी बढ्न थाल्यो कोरोना सङ्क्रमण, आज एकै दिन ४२ जना संक्रमित

पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। ३ सय पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

साथै पछिल्लो २४ घण्टामा १७ जना कोरोनाभाइरस संक्रमणमुक्त हुँदा ४१ हजार ४०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितको संख्या १२३ रहेको छ।

प्रकाशित: १६ चैत्र २०७९ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App