१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

म्याग्दीमा क्षयरोगीको संख्या ३४

विश्व क्षयराेग दिवस

म्याग्दीमा ३४ नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। जिल्लाका विभिन्न स्थानीय तहमा रहेका स्वास्थ्य चौकी, शिविर तथा बेनी अस्पतालमा खकार जाँच गराएकामध्ये चालु आवको ८ महिनामा एक बालकसहित ३४ जना नयाँ बिरामी फेला परेका हुन्।

स्वास्थ्य कार्यालय म्याग्दीले शुक्रबार सदरमुकाम बेनीमा आयोजना गरेको कार्यक्रममा क्षयरोगको संक्रमण भएकाको सम्पर्कमा रहेका व्यक्तिको खकार जाँच तथा लक्षण देखिएर स्वास्थ्य संस्थामा आएका बिरामीबाट नयाँ क्षयरोगी पत्ता लागेको स्वास्थ्य कार्यालयमा प्रमुख एकनारायण लम्सालले बताए।

उनले बेनी नगरपालिकामा १३, अन्नपूर्णमा ६, मालिकामा ५, रघुगंगामा ४, मंगलामा ४ र धवलागिरी गाउँपालिकामा ३ जना क्षयरोगका बिरामी भेटिएका बताए। सहरबजारदेखि ग्रामीण क्षेत्रसम्म लुकेर बसेका क्षयरोगी पत्ता लागेका कारणले बिरामी चाँडै निको हुने, बिरामीको स्वास्थ्य अवस्था खराब हुनबाट बच्न सकिने, अकालमा हुने मृत्युबाट जोगाउन सकिने र सबभन्दा सबल पक्षका रूपमा अन्य व्यक्तिलाई रोग सर्नबाट बचाउन सकिने उनको भनाइ छ। गत आवमा ५८ जना क्षयरोगका बिरामी भेटिएका थिए। गत आव २०७७/७८ मा ४८ जना क्षयरोगी पत्ता लागेका थिए।

हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खाना खान मन नलाग्नु, खकारमा रगत देखिएमा खकार जाँच गर्नुपर्ने चिकित्सक बताउँछन्। परीक्षण गर्दा क्षयरोग देखिएमा नियमित औषधि सेवनले यो रोगलाई निको पार्न सकिने उनीहरूको भनाइ छ। 

प्रकाशित: ११ चैत्र २०७९ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App