१४ चैत्र २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

विश्व मुख स्वास्थ्य दिवस सम्पन्न

कलेज अफ मेडिकल साइन्स शिक्षण अस्पताल भरतपुरले साइकल र्यालीको आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ। दिवसको अवसरमा अस्पतालले जनचेतना जागृत गर्न साइकल र्यालीको आयोजना गरेको हो। अस्पतालको प्राङ्गणबाट सुरु भएको साइकल र्याली दीपेन्द्रचोक, लायन्सचोक, पुल्चोक हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो। सो ¥याली पुनः कलेज प्राङ्गणमा आएर समापन भएको थियो।

र्यालीमा सहभागीले मुख स्वास्थसम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए। हरेक वर्ष मार्च २० मा विश्व मुख दिवस मनाइन्छ।

प्रकाशित: ७ चैत्र २०७९ ०३:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App