२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

ग्रामिण भेगका महिलामा पाठेघरको क्यान्सर बढ्दो

ग्रामिण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सर बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन्। उनीहरुले विभिन्न कार्यक्रम मार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर सावधानी अपनाउन थालेका हुन।

 जुम्लाको सिंजा गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्यान्सर  हुने रोगले ग्रामिण क्षेत्रमा महिला प्रताडित हुने गरेको भन्दै पालिका स्तरीय महिला प्रजनन सम्बन्धि घुम्ती स्वास्थ शिविर संचालन कार्यक्रम गरेको छ।सिंजा गाउँपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजनामा क्यान्सर रोग बिशेषज्ञ सहित धापा,नराकोट,शनिगाँउ स्वास्थ्य चौकीमा शिविर संचालन गरेर महिलाको पाठेघरको मुखको क्यान्सर भएका महिलाको स्वास्थ्य उपचार गरिएको सिंजा गाउँपालिका स्वास्थ शाखाका जनस्वास्थ्य निरिक्षक प्रकाश धितालले बताए।शिविर ३ दिन संचालन गरिएको हो।

पाठेघर सम्बन्धि चेकजाँच भिआइए सेवा,आङ खस्ने समस्या भएका महिलाहरको लागि चेकजाँच तथा उपचार सेवा,सेतो पानी बग्ने ढाड दुख्ने तल्लो पेट दुख्ने सम्बन्धि चेकजाँच तथा उपचार सेवा दिइएको हो।दुर्गम क्षेत्रमा महिलाले बढि काम गर्नुपर्ने र प्रभावकारी सेवा नपाउँदा रोग पालेर बस्नु पर्ने अवस्थालाई मध्येनजर गर्दै पाठेघरको निःशुल्क उपचारका लागि कार्यक्रम अघि सारेको उनले बताए।उनले भने,अहिले पनि जुम्लाका महिलाको कार्यबोझ घटेको छैन्, व्यवस्था परिवर्तन भएपनि ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन्, शिविरको माध्यमबाट स्वास्थ्य अवस्था सुधार गर्न चाहन्छौँ।गाउँमै पहिलो पटक महिलाको पाठेघरको मुखको क्यान्सर उपचार गराउन पाउँदा स्थानीय दंग थिए।  सदरमुकामसम्म पुग्ने खर्चको जोहो गर्न नसक्दा रोग पाल्नुको विकल्प नभएको अनुभव सुनाउँदै उनीहरुले स्थानीय सरकारले गाउँमै उपचार गराउने वातावरण बनाउँदा निकै राहत महशुस भएको बताए। 

ग्रामिण भेगका महिलाहरुमा घरायसी कामको चाप, अधिकांश समय उकालो ओराले गर्नुपर्ने भएका कारण पाठेघरमा फोहोर जम्मा हुने भएकाले पाठेघरको मुखको क्यान्सर हुने संभावना बढी हुने गर्छ।शिविर बाट ३ सय २७ जना महिलाले पाठेघरको मुखको क्यान्सरको उपचार गराएका छन्। जसमध्ये धापामा ७७,नराकोटमा १ सय र शनिगाँउ स्वास्थ्यचौकीमा १ सय ५० जना महिलाहरुले सेवा लिएका छन्।भने ४ जनालाई अप्रेसनका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएको छ।यस्तै ५७ जनालाई रिङ पेसरी राखिएको छ।

उनिहरुको स्वास्थ्य चेकजाँच प्राथमिक स्वास्थ्य केन्द्रको नर्सिङ्ग प्रमुख लक्ष्मी न्यौपाने गरेकी छिन्।उपचार गरेका मध्ये झण्डै २५ जनामा पाठेघरको मुखको क्यान्सरको संभावना देखिएको छ। जुम्लाका महिलाहरु प्रायः बाल विवाह गर्ने, कम उमेरमै गर्भवती हुने, कार्यबोझका कारण खानपान र सरसफाईको अवस्थामा ध्यान नदिने जस्ता कारणले महिलाको पाठ्यघरमा समस्या आउने गरेको चिकित्सकहरु बताउँछन्।    

प्रकाशित: २० फाल्गुन २०७९ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App