७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

अल्का अस्पताल १७ वर्षमा प्रवेश गर्दै

अल्का अस्पताल यही बुधबारदेखि १७ वर्षमा प्रवेश गरेको छ। वार्षिक उत्सवको अवसरमा अस्पतालले बुधबार आफ्ना सबै सेवाहरूमा ३० प्रतिशत छुटको व्यवस्था तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ।  

अस्पतालले टेष्ट ट्युब बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटुरोग, नशा, बाथ रोग, यौन तथा छालारोग, ग्यास्ट्रोलोजी, रेडियोलोजी, आँखा, नाक, कान, घाँटी, दाँत रोग, युरोलोजिस्ट, कलेजो रोग, एनेस्थेसिया लगायतका विशेषज्ञबाट बिरामीलाई सेवा दिइरहेको छ। यस्तै अस्पतालमा सुविधा सम्पन्न ल्याव र आफ्नै नसिर्ङ कलेज छ।  

अस्पतालका सञ्चालक तथा अध्यक्ष कुमार थापाले बिरामीहरूको उपचारमा कुनै पनि कन्जुस्याईं नगर्ने बताएका छन्। आगामी दिनमा अस्पताल स्तरउन्नति र सेवा विस्तार आफूहरूको प्रमुख प्राथमिकतामा रहेको उनले बताए।  

अस्पताल वि. सं. २०६३ फागुन ३ गतेदेखि सञ्चालनमा आएको हो।

प्रकाशित: ४ फाल्गुन २०७९ ००:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App