७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

खलंगामा मनाइयो योग दिवस

जुम्लामा आठौं राष्ट्रिय योग दिवस मनाइएको छ। सदरमुकामस्थित नेपाली सेनाको मैदान टुडिखेलमा योग दिवस मनाइएको हो।

जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वय तथा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको आयोजनामा राष्ट्रिय योग दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले बताए।

यो वर्ष ‘स्वस्थ जीवनको चाहना: योग, शिक्षा र साधना’ भन्ने नाराका साथ योग दिवस मनाइएको छ। शारीरिक रूपमा स्वस्थ, मानसिक रूपमा शान्त र आधात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कला नै योग भएको प्रजिअ केसरीले बताए। उनले सबैलाई योग गरेर स्वस्थ रहन अनुरोध गरे।

शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि हरेक व्यक्तिले हरेक दिन योग गर्नुपर्ने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बताए। शरीरमा लचिलोपन नभएका कारण प्रमुख स्नायु प्रणालीमा रगत, हर्मोन र अक्सिजनको संचरण राम्रो तरिकाले नहुने भएकाले योगासनबाट शरीरका स्नायुहरूलाई लचिला बनाउन सहयोग हुने आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका डा. प्रतिभा शर्माले बताइन्। योगमा गरिने अभ्यास र नियम र १२ आसनका बारेमा सिकाइको छ।

प्रकाशित: २ माघ २०७९ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App