coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

बाजुराको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा 'बिशषेज्ञ सेवा'

पहिलो पटक अप्रेसन सफल भएपछि चिकित्सकहरूको टिम। फोटो: नागरिक

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको छ। नागरिकलाई सहज उपचार सेवामा जोड्न आकस्मिक प्रसूति सेवा सञ्चालन गरेको हप्ता दिन नबित्दै स्वास्थ्य केन्द्रमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको हो।

कुण्डा क्षेत्रले वर्षौँदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज स्वास्थ्य उपचारका लागि नगरपालिकाको पहलमा बिशषेज्ञ सेवा सञ्चालन गरिएको बुढीन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए।

जिल्ला अस्पताल बाजुरामा समेत सेवा नभएको बेला कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट बिशषेज्ञ सहितको स्वास्थ्य सेवा सञ्चालन गरिएको हो। सेवा सञ्चालनसँगै बुढीनन्दा नगरपालिका सहित हिमाली, स्वामिकार्तिक खापर र जगन्नाथ गाउँ पालिका सहित छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका जनताले समेत सेवा पाउने छन्।

एमडीजीपी डाक्टर रञ्जित शाहको टोलीले सेवा दिने नगर प्रमुख जनक कुमार बोहराले बताएका छन्। दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन्। भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर सुचारु हुने अवस्था छैन्। तर प्राथमिक स्वास्थ्य केन्द्रमा बिशषेज्ञ सेवा सञ्चालन पछि स्थानीय खुसी भएका छन्।

सेवा सञ्चालन नहुँदा आर्थिक अवस्थाका कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या थियो। उपचार सेवाका लागि सुविधा सम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन्, आफ्नै जिल्लामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक उपचार सेवा पाईदैन्। रोग पाली बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवन बाजि थाप्नु पर्ने बाहेक अर्को विकल्प थिएन, अब सहज भएकोमा स्थानीय खुसी देखिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको सहकार्यमा आकस्मिक प्रसूति सेवा प्रवाह सुचारु गरेको पालिकाले आफ्नै पहलमा बिशषेज्ञ सेवा सुरु गरेको छ। स्त्रीरोग विशेषज्ञ डा. सोनाम गुरुङ, स्टाफ नर्स भगवती रावल लगायतको टोलीले पहिलो सफल शल्यक्रिया मार्फत प्रसूति सेवा नियमित दिइरहेका छन्।

सामाजिक सञ्जाल मार्फत बोहरा भन्छन् 'बुढीनन्दा नगरपालिकाको नेतृत्व गरेर पद बहालीकै दिन बाटै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर काम गरियो, सुत्केरी हुन नसकेर मर्नुपर्ने, बाटोमै बच्चा जन्माउनुपर्ने ,उपचार हुन नसकेर महँगो जहाज चढेर नेपालगन्ज, धनगढीमा उपचार गर्नुपर्ने बाध्यतालाई हटाउँन पाउँदा खुसी लागेको र बिशषेज्ञ सेवाले थप सफलता मिलेको छ।'

'कोल्टी क्षेत्रको प्रमुख समस्या नै गरिबी हो। सबैले उपचारका लागि आर्थिक खर्च व्यवस्थापन गर्न सक्ने अवस्था नै छैन्, जुन काम नगरपालिकाको पहलमा भइरहेको छ, त्यसले नागरिक सेवामा ठुलो अर्थ राख्छ' प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसर डा.चेत धामीले बताए।

उसो त उपचारका लागि स्थानीय जिल्ला बाहिर जान हवाई बाहेक अन्य सुविधा छैन्। त्यही माथि हवाई सुविधा सबै नागरिकका लागि सहज र सुविधाजनक असम्भव जस्तै छ।

कर्णाली करिडोर पनि सहज हुन बाँकी नै छ। जिल्ला अस्पताल बाजुरा पुग्न कच्ची सडक सञ्जालले थप समस्या भएको छ। सडक खुलेको समय पनि जिप रिर्जबको भाडा मात्रै १५ देखि २० हजार तिर्नु पर्ने बाध्यता छ।

प्रकाशित: १३ पुस २०७९ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App