२८ मंसिर २०८२ आइतबार
image/svg+xml
शिक्षा

पाठ्यक्रम बनाउन विज्ञको खोजी

स्थानीय पाठ्यक्रम तयार पार्न ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले विज्ञको खोजी गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार आधारभूत तह(कक्षा १–८)को स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखन तथा सम्पादन गर्न विज्ञ खोजी गरिएको हो ।  

शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर उर्तीण गरेको हुनुपर्ने, मुख्य विषय पाठ्यक्रम राखेको व्यक्तिलाई प्राथमिकता दिइने, पालिकाभित्र कम्तिमा पाँच वर्षको शिक्षण अनुभव हाँसिल गरेको व्यक्ति हुनुपर्ने सर्त पालिकाको छ ।  

पालिका भित्र अध्यापन गराईसकेको व्यक्तिले पाठ्यक्रममा समावेश गर्नुपर्ने विषय र सन्दर्भका बारेमा थाहा पाउने भएकोले पालिकाले पालिकाभित्र कम्तिमा पाँच वर्षको शिक्षण अनुभव हाँसिल गरेको व्यक्तिको खोजी  आङ्देम्बेले बताए ।  

शिक्षण अनुभवको कागजात सम्बन्धित विलयको प्रधानाध्यापकबाट र विज्ञ स्वयं प्रधानाध्यापक भए विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट प्रमाणित गराउनुपर्ने उनले बताए ।  

छनौट भएका विज्ञको सेवा सुविधा र अन्य सर्त आपसी समझदारीमा हुने पालिकाले जनाएको छ । 

प्रकाशित: ४ मंसिर २०८२ १६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App