काठमाडौंको ठमेलबाट प्रहरीले अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गरेको आरोपमा युगाण्डाका २० जना महिलालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका २६ ठमेल फायरचोक स्थित सार्वजनिक सडकखण्डमा विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधारण पुरुषहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप सम्बन्धी मोलमोलाई गरी दुख हैरानी दिईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे हो।
सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा बार्गेनिङ गरी बाटो हिँड्ने सर्वसाधारणलाई समेत हैरानी दिने गरेको भन्ने सूचनाको आधारमा ठमेलका विभिन्न स्थानहरूमा निगरानी तथा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरुलाइ अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद लिई प्रहरी वृत लैनचौर लगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ११ चैत्र २०८२ १४:५० बुधबार





