२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
शिक्षा

रकिङ दी वर्ल्ड फ्रम नेपाल: इस्लिङटन कलेजका २९ विद्यार्थीहरु अब अभियान मात्र होइन, व्यवहारमै देखिएको यथार्थ

"रकिङ दी वर्ल्ड फ्रम नेपाल" इस्लिङटन कलेजका लागि कुनै प्रचारात्मक नारा मात्र होइन। विद्यार्थीहरुलाई देश नछोडीकनै विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने, उद्देश्य सहितको यो शिक्षाप्रतिको एउटा स्पष्ट दृष्टिकोण हो

यही दृष्टिकोणलाई व्यवहारमा उतार्न कलेजले विभिन्न उद्योगसँगको सहकार्यलाई आफ्नो पाठ्यक्रमकै हिस्सा बनाएको छ। विद्यार्थीहरुले अध्ययनकै क्रममा अन्तर्राष्ट्रिय स्तरको तालिम प्राप्त गर्दछन् र त्यसपछि सिधै विश्वव्यापी व्यावसायिक टिमहरूसँग काम गर्ने अवसर पाउँछन्। त्यसका लागि न त डिग्री सकिनुपर्ने हुन्छ, न विदेश जानुपर्ने। अन्तर्राष्ट्रिय अवसरको यात्रा यहीँबाट सुरु हुन्छ।  

आज अमेरिका, अस्ट्रेलिया र यूकेका कम्पनीहरूसँग काम गरिरहेका इस्लिङटन कलेजका २९ विद्यार्थीहरु यही दृष्टिकोणका सबैभन्दा जीवन्त उदाहरण हुन्।

यससँगै, इस्लिङटन कलेजले सुरुदेखि गर्दै आएको अर्को प्रतिबद्धता पनि व्यवहारमै प्रमाणित भएको छ, विद्यार्थीहरुलाई वास्तविक प्रोजेक्ट, वास्तविक अनुभव र उद्योगअनुकूल प्रयोगशाला तथा सुविधामार्फत भविष्यका लागि तयार गर्ने। नियमित रूपमा कक्षामा अध्ययन गरिरहेका यी विद्यार्थीहरू, आज नेपाल नछोडीकनै अन्तर्राष्ट्रिय कम्पनीहरूसँग वास्तविक जिम्मेवारी सम्हालिरहेका छन्।

यसले कलेजले वर्षौंदेखि दोहोर्‍याउँदै आएको एउटा विश्वासलाई पुष्टि गरेको छ, अवसर कतै टाढा छैन, यहीँ छ। र यही नै "रकिङ दी वर्ल्ड फ्रम नेपाल" अभियानको सबैभन्दा जीवन्त उदाहरण हो।

वास्तविक विद्यार्थी, वास्तविक रोजगारदाता, वास्तविक नतिजा

इस्लिङटन कलेजमा अवसर, सिकाइ प्रक्रियाकै अभिन्न हिस्सा हो। वास्तविक प्रोजेक्ट, वास्तविक अनुभव र अन्तर्राष्ट्रिय कार्यवातावरणसँग मेल खाने प्रयोगशाला तथा सुविधाले विद्यार्थीहरुलाई सुरुदेखि नै उद्योगका आवश्यकताअनुसार तयार बनाउँदछ।  

यही सिकाइ प्रणालीले आज यस्तो सबल समूह तयार गर्न सफल भएको हो । यो न त केवल इन्टर्नशिप हो, न त अभ्यासका लागि गरिएको कुनै परियोजना। यी इस्लिङटन कलेजका विद्यार्थीहरु हुन्, जसले काठमाडौंमै बसेर आफ्नो अध्ययनलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय टिमहरूमा वास्तविक जिम्मेवारी सम्हालिरहेका छन्।

पढाइ पूरा हुनुअघि नै अमेरिका, अस्ट्रेलिया र यूकेका कम्पनीहरूका लागि वास्तविक काम गरिरहेका यी विद्यार्थीहरूले कलेजको सिकाइ पद्धति व्यवहारमै प्रभावकारी रहेको प्रमाणित गरेका छन्।

"हाम्रा विद्यार्थीहरूले डिग्री पूरा गर्ने कि करियर सुरु गर्ने भन्ने दुईमध्ये कुन छान्ने भन्ने दुविधामा रहनु पर्दैन् ।," इस्लिङटन कलेजका अध्यक्ष सुलभ बुढाथोकी भन्नुहुन्छ। "उनीहरू दुवै काम एकैसाथ गरिरहेका छन्। हाम्रोलागि "रकिङ दी वर्ल्ड फ्रम नेपाल" भनेको नारा होइन, यथार्थ हो।"

AI-Native Talent, नेपालमै तयार

यो उपलब्धि संयोगले आएको होइन। यसको पछाडि योजनाबद्ध तयारी रहेको छ।

इस्लिङटन कलेजले २९ जना विद्यार्थीहरूलाई विशेष तालिम प्रदान गरेको छ, जो अहिले कलेजका साझेदार संस्था Global Teams AI सँग मिलेर अमेरिका, अस्ट्रेलिया र यूकेका परियोजनामा काम गरिरहेका छन्।

कलेजले उनीहरूलाई आफ्नो पहिलो "AI-Native Talent" समूहका रूपमा चिनाउँदैछ। जसले आफ्नो मूल विषयसँगै आधुनिक AI-सशक्त विश्वव्यापी कार्यपरिवेशमा कसरी सोच्ने, निर्माण गर्ने र परिणाम दिने भन्ने सीप पनि विकास गरेका छन्।

विद्यार्थीहरूको यही तयारीलाई AI- Native आउटसोर्सिङ साझेदार Pexus Tech ले पनि पुष्टि गर्छ। विश्वभरका प्रतिभाको खोजी, तालिम र प्रमाणीकरण गर्दै उनीहरूलाई विशेषज्ञ व्यावसायिक टिमहरूसँग जोड्ने Pexus Tech ले सफ्टवेयर डेभलपमेन्ट, डिजाइन, मार्केटिङ र सञ्चालनलगायतका क्षेत्रमा व्यवस्थित सहयोग, स्ट्यान्डबाई स्रोत तथा SLA-आधारित सेवा प्रदान गर्दै आएको छ।

"इस्लिङटन कलेजका विद्यार्थीहरू प्राविधिक रूपमा दक्ष छन्। उनीहरूलाई नयाँ कुरा सिकाउन सहज छ, र पहिलो दिनदेखि नै AI-Native कार्यवातावरणमा काम गर्न तयार छन्," Pexus Tech  का प्रमुख कार्यकारी अधिकृत (CEO) प्रशान्त केसी भन्नुहुन्छ।

"हामीले यहाँ जे देखिरहेका छौँ, त्यो सम्भावना मात्र होइन, यो त वास्तविक प्रदर्शन हो।"

भावी विद्यार्थीका लागि यसको अर्थ

इस्लिङटन कलेजले आफ्नो पहिलो "AI-Native Talent" समूहमार्फत एउटा स्पष्ट सन्देश दिएको छ, सही तालिम, सही अवसर र सही वातावरण पाए विश्वस्तरमा प्रतिस्पर्धा गर्न डिग्री सकिने दिन वा विदेश जाने अवसर पर्खिरहनुपर्दैन।

भावी विद्यार्थीका लागि यसको अर्थ पनि उत्तिकै स्पष्ट छ। यहाँ विश्वसँग काम गर्ने अवसर स्नातकपछि सुरु हुँदैन। यो त पढाइसँगै सुरु हुन्छ, अहिल्यै, नेपालबाटै।

र त्यसैले, "रकिङ दी वर्ल्ड फ्रम नेपाल" आज इस्लिङटन कलेजका लागि कुनै अभियान वा नारा मात्र होइन। यो आफ्ना विद्यार्थीहरूले हरेक दिन सिर्जना गरिरहेको यथार्थ हो।

प्रकाशित: १८ श्रावण २०८३ १४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App