१ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

केयुको उपकुलपतिमा प्राध्यापक वाग्ले नियुक्त

काठमाडौं विश्वविद्यालय (केयु)को उपकुलपतिको दैनिक कार्य सञ्चालनको जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेलाई दिइएको छ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले गत वैशाख ३० गतेको निर्णयानुसार विश्वविद्यालयको रिक्त उपकुलपतिमा दैनिक कार्य गर्नेगरी उनलाई जिम्मेवारी तोकेका हुन्।

उनी सो विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन्। शुक्रबारदेखि नै उनले कार्यभार सम्हालेका केयुले जनाएको छ।

प्रकाशित: १ जेष्ठ २०८३ ११:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App