सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थी लक्षित विशेष कार्यक्रम सुरु गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले भिडियो सन्देश जारी गरेर मन्त्रालयले एसइई दिएका विद्यार्थी लक्षित 'इन्सपायर सिरिज' सुरु गरेको जानकारी गराएका हुन्।
उनले विशेष कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले आफ्ना सङ्घर्ष र अनुभवका कथाहरू साझा गर्ने र मन्त्रालयको सामाजिक सञ्जालमार्फत प्रसारण हुने यी सामग्रीहरूले विद्यार्थीलाई भविष्यको मार्गचित्र कोर्न र नयाँ सम्भावनाहरू खोज्न थप ऊर्जा दिने विश्वास लिएका छन्।
परीक्षापछिको यो समयलाई केवल प्रतीक्षामा मात्र सीमित नराखी आफ्नो रुचि पहिचान गर्ने र केही नयाँ सिक्ने अवसरका रूपमा उपयोग गर्न उनले अनुरोध गरेका छन्।
प्रकाशित: ३ वैशाख २०८३ १५:०७ बिहीबार





