२१ मंसिर २०८२ आइतबार
image/svg+xml
शिक्षा

मन्त्री पुन भन्छन्ः प्रधानमन्त्री नै कुलपति हुने प्रणालीको सट्टा, सक्षम व्यक्तिको छनोट हुनुपर्छ

फाइल तस्बिर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  महावीर पुनले शिक्षण संस्थामा भइरहेको राजनीतिक हस्तक्षेप अन्त्य नगरेसम्म शिक्षाको गुणस्तर सुधार्न नसकिने बताएका छन्।  विश्वविद्यालयहरूमा पार्टीगत प्रभाव र नियुक्ति प्रक्रियामा पारदर्शिता नहुँदा शैक्षिक वातावरण बिग्रिँदै गएको आरोप लगाएका छन्।

‘विश्वविद्यालयहरूमा राजनीतिकरणको अन्त्य नगरी पढाइ–लेखाइको स्वच्छ वातावरण सिर्जना हुँदैन,’ पुनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ विद्यार्थीहरूले गुणस्तरीय शिक्षा हासिल गर्न सक्दैनन्।’

उनले विश्वविद्यालयका कुलपति नियुक्तिको प्रचलित प्रणालीमा सुधार आवश्यक रहेको बताए। ‘प्रधानमन्त्री नै कुलपति हुने प्रणालीको सट्टा, सक्षम र निष्पक्ष व्यक्तिको छनोट गर्ने व्यवस्था हुनुपर्छ, उनले लेखेका छन्,  ‘मलाई प्राध्यापकहरूले दिएको सुझाव यही हो।’ 

प्रकाशित: २९ आश्विन २०८२ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App