२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
शिक्षा

विस्थापितलाई कक्षा १२ को परीक्षामा सहभागी हुन सरकारले सहजीकरण गर्ने, माग्यो विवरण

राष्ट्रिय परीक्षा बोर्डले सुकुम्वासी बस्तीबाट विस्थापित भएर कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीलाई सहजीकरण गर्ने भएको छ। 

बोर्डले मंगलबार सूचना निकालेर बस्तीबाट विस्थापित भइ कक्षा १२ को परीक्षा दिइरहेका विद्यार्थीलाई सहयोग, समन्वय र सहजीकरण प्रदान गर्ने जनाएको हो। त्यसको लागि गुगल फारम भर्न बोर्डले अनुरोध गरेको छ। 

फारममा विद्यार्थीले आफ्नो नाम, परीक्षा केन्द्र, मोबाइल नम्बर र प्रवेश पत्र पेश गर्नुपर्नेछ। त्यसको आधारमा बोर्डले विद्यार्थीको शैक्षिक तथा मनोवैज्ञानिक चुनौतीलाई ध्यानमा राखेर सम्बन्धित निकाय तथा सहयोगी संस्थासँग समन्वय गरी आवश्यक सहयोग गर्ने जनाएको छ।  

कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु भएको छ। सरकारले नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउने काम गरिरहेको छ। 

प्रकाशित: १४ वैशाख २०८३ १८:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App