विराटनगरका शैक्षिक संस्थाहरू आज (शुक्रबार) पनि बन्द भएका छन्।
देवानगन्ज घटनापछि उत्पन्न परिस्थितिका कारण शैक्षिक संस्थाहरू बन्द भएका हुन्। बिहीबार केही विद्यालय खुलेका भए पनि दिउँसो विराटनगरमा प्रदर्शन र तोडफोड भएको र एउटा समूहले शुक्रबार पनि बन्दको चेतावनी दिएका कारण शुक्रबार पनि शैक्षिक संस्थाहरू बन्द भएका हुन्।
अवस्थामा सुधार आएपछि विद्यालय सञ्चालनमा आउने विद्यालयहरूले जनाएका छन्। यद्यपि शुक्रबार विहान पीडित परिवार र सरकारबिच सात बुँदे सहमति भइसकेको छ।
प्रकाशित: १५ श्रावण २०८३ ०८:२० शुक्रबार





-600x400.jpg)