१२ वैशाख २०८३ शनिबार
image/svg+xml
शिक्षा

जाडोमा हिमाली जिल्लामा पठनपाठन गराउने विषयमा शिक्षामन्त्रीकाे चासाे

सांसद्सँग छलफल

सरकारले हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद्सँग जाडो महिनामा पठनपाठन गराउने विषयमा छलफल गरेको छ। 

हिमाली क्षेत्रमा जाडो महिनामा अत्यधिक चिसोका कारण पठनपाठन सञ्चालन गर्न कठिनाइ उत्पन्न हुने आवाज उठेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले हिमाली जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद्सँग छलफल गरेका हुन्। हिमाली जिल्लामा वर्तमान शैक्षिक सत्र व्यवहारिक नहुने गुनासो आएपछि उनले छलफल गरेका हुन्।  

गत चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले यसवर्ष वैशाख १५ देखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ।  

प्रकाशित: १० वैशाख २०८३ १९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App