६ वैशाख २०८१ बिहीबार
शिक्षा

सार्वजनिक भयाे कक्षा १२ को नतिजा प्रकाशित (यसरी हेर्नुहाेस नतिजा)

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो। आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको थियो।

ग्रेडिङ पद्धतीअनुसार नतिजा सार्वजनिक गरिएको हो। सार्वजनिक नतिजाअनुसार ४ हजार १ सय ७९ जनाले ३.६१ देखि ४ सम्म जिपिए ल्याएका छन्। कम ल्याउने जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ जना छन्। प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक नल्याएका विद्यार्थी फेल भएका छन्। त्यो भन्दा कम अंक ल्याएको खण्डमा पुनः परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ।

यसपटक कूल तीन लाख ९६ हजार १८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए। चार लाख १० हजार ६८ जनाले परीक्षा फारम भरेका थिए। कूल ४३ जनाको परीक्षा रद्द भएको थियो। गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा बोर्ड शुक्रबार सार्वजनिक गरेको हो।

बोर्डको वेबवाइट https://www.neb.gov.np/result मा गएर नतिजा हेर्न सकिने छ। त्यस्तै नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np/ ​ मा गएर आफ्नो सिम्बल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिनेछ। यसैगरी आइभीआर सिस्टम लेण्डलाइन र मोबाइलबाट १६०१ डायल गर्दै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। साथै १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ।

प्रकाशित: १७ भाद्र २०७९ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App